पाल्पाली समाज युएई क्षेत्रीय समितिको समिक्षा बैठक सम्पन्न

0
854

राजा बगर । युएई
पाल्पाली समाज दुबई क्षेत्रीय समितिको समिक्षा बैठक सम्पन्न भएको छ । केहि हप्ता अगाडि पाल्पाली समाज क्षेत्रीय समिति दुबईले तिहारको उपलक्ष्यमा देउसी भैलो तथा बनभोज कार्यक्रम गरेको थियो ।
नेपाली सस्कृतिलाई बिदेशमा पनि झल्काउने र आम नेपालीहरु बिच शुभकामना आदानप्रदान नै मुख्य बनभोजको उद्देश्य थियो ।
उक्त देउसि भैलो तथा बनभोज कार्यक्रममा नेपालका ३३ जिल्ला का शुभचिन्तक हरुको उपस्थिति रहेको धनु क्षेत्रीले जानकारी दिएका दिए ।
पाल्पाली समाज युएईका अध्यक्ष खुम आलेको प्रमुख आतिथ्यता र क्षेत्रीय अध्यक्ष पाल्पाली कान्छा (खगेश्वोर) को अध्यक्षतामा बैठक चलेको थियो ।
साथै सोहि दिन पाल्पाली समाज क्षेत्रिय समिति दुबईले आफ्नो केहि पदमा फेरबदल गरेको छ । उक्त केहि पदमा पुर्व सचिव अमृत रानाको कार्यव्यस्तताका कारण सचिव पदमा गणेश कौशल र कोषाध्यक्ष पदमा टिकाराम बस्याललाई जिम्मेवारी दिइएको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।