देवीनगर वडाको अघिल्लो वर्षको समीक्षा र चालु वर्षको योजना सार्वजनिक

0
243

पाल्पा । पुर्वखोला गाउँपालिका–४ देवीनगर वडाको गत वर्षको कार्यक्रम समिक्षा तथा चालु वर्षको योजना सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वडाध्यक्ष मेहरसिं थापाले गत आर्थिक वर्षमा गाउँपालिका, केन्द्र सरकार, प्रदेश सरकार मार्फतका गरी जम्मा ४७ वटा योजना वडामा रहेकोमा एउटा विद्यालयको ट्रस्ट निर्माण बाहेक सबै योजना सम्पन्न भएको बताउनुभयो । उपभोक्ता समिति, टेण्डर, गाउँपालिकाको जिम्मेवारबाट समयमै सकिएको र चालु वर्षमा वडाको ६० लाख गाउँपालिकाको ३१ लाख, केन्द्र सरकार प्रदेश सरकारबाट १ करोड २३ लाख गरि जम्मा २ करोड १२ लाख बराबरको काम गर्ने गरि बजेटको सुनिश्चितत भएको बताउनुभयो ।

उहाँले हुमिन देवीनगर वडा भएर गाउँपालिका जोडिने सडक, हुमिन देवीनगर जल्पा बहादुरपुर सडकको काम यो वर्ष हुने बताउनुभयो । अघिल्लो वर्ष सम्पन्न भएको योजनाहरुको सिकाइ उपलब्धि के के भयो ? सुधार गर्नुपर्ने पक्षहरु के के छन् ? लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

वडा सचिव तेजिसरा थापाले गत वर्ष १ सय ६५ घटना दर्ता विभिन्न शिर्षकमा गरेको सिफारिस ८४२ उक्त सिफारिस, व्यवसाय कर , घर कर ,बालुवा ढुङ्गा दुवानी कर , भुमि कर लगाएतबाट ७ लाख ४० हजार ३६९ राजश्व संकलन भएको बताउनुभयो । स्वास्थ्य चौकी प्रमुख शान्ता वमरेलले स्वास्थ्य चौकी भवनमा मात्र ४ हजार ५ सय ८१ जनालाई सेवासुविधा दिएको हाल स्वास्थ्य चौकिबाट ओ पि डि सेव, ल्याव सेवा , सुत्केरी सेवा, औषधिबाट गर्भपतन सेवाहरु दिएको
बताउनुभयो ।

पशु शाखाका कृष्ण रायमाझीले बाख्र, बंगुर , कुखुरा,भैंसी गाई गोरुलाइ भ्याक्सिन लगाएको , जुका माटेको औषधिहरु वितरण गरिएको लगायत शाखा मार्फत भएका कामहरुबारे जानकारी गराउनुभयो । कृषि शाखाका अमृता भट्टराईले मकैको बीउ, आलुको बीउ, तरकारीको विउविजन , हाटे ट्याक्टर, थेसर , चापकटर, लगाएको कृषि औजारहरु र सुन्तला कागतीको विरुवाहरु वितरण गरिएको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले स्वास्थ्य चौकीमा गोपनीयता नभएको, योजना संचालनमा राम्रोसँग जानकारी नपाएको, कृषि पशु शाखाबाट उपलब्ध गराउने सेवामा एकरुपता नभएको, बजेट सम्मान रुपमा विनियोजन नभएको गुनासो राखेका थिए ।

कार्यक्रममा पुर्वखोला गाउपलिकाका उपाध्यक्ष भागिरथि भट्टराईले जनताको आवश्यकता अनुसार भौतिक सामाजिक आर्थिक शिक्षा स्वास्थ्य कृषि पशु सेवामा गाउँपालिकाले काम गरिरहेको र सबैको सल्लाह सझाव अनुसार अगाडि बढ्ने बताउनुभयो । देवीनगर वडाका पुर्व अध्यक्ष रिम प्रसाद श्रेष्ठ , नेकपा एमाले वडा कमिटीका अध्यक्ष बल बहादुर थापा , मातृभूमि माविका प्रअ मेहरमान थापा, पुर्वखोला सहकारी संघका अध्यक्ष यम बहादुर खत्री , भोज बहादुर मश्रांगी, शेर बहादुर गाहा लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here