पाल्पामा डेङ्गु संक्रमणबाट १ महिलाको निधन

0
638

पाल्पा । डेङ्गु संक्रमणका कारण पाल्पामा १ जना महिलाको निधन भएको छ । डेङ्गुकै कारण तानसेन नगरपालिका– ६ की ६९ वर्षीया महिलाको आइतवार निधन भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

मिसन अस्पतालमा उपचारको क्रममा उहाँको आइतवार साँझ निधन भएको हो । उहाँमा एकसाताअघि डेङ्गु संक्रमण पुष्टि भएको मिसन अस्पतालले जनाएको छ ।

पछिल्लो एक महिनायता पाल्पामा १५ जना भन्दा बढी मानिसमा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराइले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here