स्वास्थ्य बीमा बोर्ड र मिसन अस्पतालको दोहोरीः बिट मार्नै मुस्किल

0
457

पाल्पा । स्वास्थ्य बीमा कार्यक्रम संचालनको सन्दर्भमा युनाइटेड मिसन अस्पतालले प्याकेजमा समाधान खोज्ने प्रयास गरिरहेको छ । यो अस्पताल यस क्षेत्रकै पुरानो र बिश्वसनीय अस्पतालको रुपमा रहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत यहाँ दैनिक ४ सय देखि ६ सय सम्म बिरामीहरुले उपचार गराउँदै आएका छन् । अहिलेसम्म आफूहरुको माग पूरा नभएको र यही अवस्था रहे साउन २१ गतेबाट बीमा कार्यक्रम स्थगित हुने अस्पतालले शुक्रवार एक प्रेस बिज्ञप्ति मार्फत जानकारी गराइसकेको छ । अस्पतालको यो सूचनाबाट बिमितहरु दुखी भएका छन् । अस्पतालले यही गतिमा बीमा सञ्चालन गर्दा अस्पताल आर्थिक रुपमा धारासायी हुन पुगेको भन्दै अस्पताल बन्द गर्ने की बीमा बन्द गर्ने भन्ने बिषयसम्म आइपुगेको यसअघि पत्रकार सम्मेलन गरि जानकारी गराइसकेको छ ।

के हो खास विषयः
युनाइटेड मिसन अस्पतालका निर्देशक डा. रचेल कारखका अनुसार बीमा बोर्डले उपचार बापतको रकम दाबी गर्दा कम्तीमा ३० प्रतिशत रकम कम मुल्यांकन गर्ने गरेको र बाँकी रकम पनि समयमै उपलब्ध नगराउँदा अस्पतालमा आकस्मिक अवस्थाका लागि राखिएको स्रोत पनि सकिने अवस्थामा छ ।

अहिले मिसनले बीमा कार्यक्रम सञ्चालन सन्दर्भमा ३ वटा सर्त राखेको छ । पहिलो सर्त स्वास्थ्य सेवा कार्यक्रमको सेवाहरुको दररेट समय अनुसार परिवर्तन हुनुपर्ने वा स्वास्थ्य बीमाबाट सोधभर्ना नहुने रकम बिरामीहरुबाट लिन पाउनुपर्ने । दोस्रो अस्पतालले स्वास्थ्य बीमा बोर्डमा दावी गरेका सबै रकम बिना सर्त भुक्तानी हुनुपर्ने । तेस्रो आगामी दिनहरुमा पनि अस्पतालले गरेको दाबीहरुको रकम स्वीकृति भएको १५ दिनभित्रै हुनुपर्ने माग अस्पतालको रहेको छ । यी सर्तहरु बोर्डले कार्यान्वयन गराउन सके मात्रै बीमा कार्यक्रम संचालन हुने अस्पतालले जनाएको छ । अस्पतालले सोही बमोेजिमको पत्र शुक्रवार स्वास्थ्य बीमा बार्डलाई पठाएको छ ।

मिसनलाई स्वास्थ्य बीमा बोर्डको प्रतिउत्तर
नेपाली हेल्थका अनुसार शुक्रवार नै स्वास्थ्य बीमा बोर्डले पनि युनाइटेड मिसन अस्पताललाई पुनः पत्राचार गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाद्वारा हस्ताक्षरित पत्रमा मिसन अस्पतालका निर्देशक, जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद सहित बिहीबार बोर्डमा भएको छलफल र प्रतिवद्धता अनुसार सेवा प्रवाह गर्न पुनः स्मरण गराइएको छ । छलफलमा उठेका विषयबस्तुमा क्रमबद्ध रुपले समाधान गरिने प्रतिवद्धता स्मरण गराउँदै सेवा स्थगितको निर्णयबाट पछि हटन अस्पताललाई आग्रह गरिएको छ । पत्रमा अस्पतालले उठाएका विषयबस्तुमा बोर्डबाट क्रमबद्ध रुपमा त्यस अस्पतालको समस्याहरु समाधान गरिने र सो सम्वन्धमा सेवा प्रदायक संस्थाले पुरयाउनु पर्ने आवश्यक प्रक्रिया पुरयाई अस्पतालले सहयोग गर्ने प्रतिवद्धता गरेको उल्लेख छ ।

सम्बन्धित समाचारहरु पनि पढ्नुहोस् ।

बीमाबारे मिसनको धारणा नआउँदै जस लिने दिनेको होडबाजी

अस्पतालको माग पूरा भएको छैनः मिसन अस्पताल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here