हल गोरु पाल्नेलाई २ हजार ५ सय र किन्नेलाई ५ हजार भत्ता

0
541

पाल्पा । रिब्दीकोट गाउँपालिका–१ ख्याहा वडा कार्यालयले हल गोरु पाल्ने र किन्ने किसानहरुको राहतको लागि भत्ताको व्यवस्था गरेको छ ।

वडाले आर्थिक वर्ष २०८० ।०८१ मा वडामा गोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप गोरु पाल्दै आएका किसानलाई वार्षिक २ हजार ५ सय र नयाँ गोरु किन्ने किसानलाई बार्षिक ५ हजार भत्ता उपलब्ध गराउने गरि बजेट बिनियोजन गरिएको वडाध्यक्ष चिरञ्जिवी पोखरेलले बताउनुभयो ।

गोरु पालनबाट एकातिर किसानको आयआर्जन पनि हुने र अर्कोतर्फ खेतबारीका लागि मल पनि हुने भएकोले गोरु पाल्ने किसानहरुलाई प्रोत्साहनका लागि उक्त योजना बनाइएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here