बराङ्दी क्रिकेट क्लबको अध्यक्षमा न्यौपाने

0
687

दयाराज न्यौपाने । पाल्पा
बगनासकाली गाउँपालिका ८ बराङ्दीमा गठित बराङ्दी क्रिकेट क्लबको पुनर्गठन गरिएको छ । शनिवार बराङ्दीमा बसेको क्रिकेट प्रेमी युवाहरुको भेलाले श्रीधर न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

क्लबको उपाध्यक्षमा मिलन गाहा, सचिवमा दिपेश पाण्डे, सह–सचिवमा प्रकाश राना र कोषाध्यक्षमा असिम बस्याल (गोकुल) चयन हुनुभएको छ । यस्तै सदस्यमा जीवन न्यौपाने, प्रदीप घिमिरे, राजिन परियार, कपिल घिमिरे, आस्विन बस्याल, बिशाल बस्याल चयन हुनुभएको छ ।

क्रिकेटलाई ब्यवसायिक बनाउँदै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले काम थालनी गरेको र क्लबलाई थप ब्यवस्थित बनाउन पहल गरिने नवनिर्वाचित अध्यक्ष श्रीधर न्यौपाने जानकारी दिनुभयो । भेलामा खेलकुद पत्रकार मंच पाल्पाका जिल्ला सदस्य दयाराज न्यौपानेले युवाहरूको सक्रियताले क्रिकेटको क्षेत्रमा थप उचाइ प्राप्त गर्ने बताउदै व्यवसायिक खेल मार्फत देशको पहिचान बनाउन सकिनेमा जोड दिनुभयो ।

भेलाले ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकारहरुमा खेलकुद पत्रकार मंच पाल्पाका सदस्य दयाराज न्यौपाने, युवराज गैरे,पुर्व क्रिकेटर मीन प्रसाद न्यौपाने, नारायण बस्याल र प्रदीप घिमिरे रहनुभएको छ । २०६० सालमा तत्कालीन बराङ्दी गाउँ बिकास समितिमा गठन भएको कल्वले प्रतियोगिताहरु गराउदै आएको थियो । भेला बिष्णु तिमिल्सिनाको अध्यक्षतामा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here