युएईमा देउसी भैलोसँगै रमाउनुको मज्जै बेग्लै

0
853

राजा बगर । युएई

तिहारको रमझम स्वदेशमा मात्रै हैन नेपालीहरुको रहेको स्थान परदेशमा पनि सुरु भएको छ । पाल्पाली समाज युएईले आउदै गरेको तिहारको उपलक्ष्यमा देउसी भैलो तथा वनभोज कार्यक्रम गरेर गाउघरको तिर्सना भेटाएको छ ।  पाल्पाली समाज दुबई क्षेत्रीय समितिले आयोजना गरेको देउसी भैलो तथा बनभोज कार्यक्रममा सयौ नेपालीहरुको सहभागिता रहेको थियो ।

धर्म संस्कृति र परम्परालाई सम्झिदै गरिएको उक्त कार्यक्रमले देश छोडेर प्रवासमा रोजगारीको क्रममा रहेका हरेक नेपालीहरुमा झन आत्मियताका जोडिएको सहभागीहरुको भनाई थियो । स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति को देउसी भैलो कार्यक्रममा गायक हरि डुम्रेले गीत गाउन थालेपछि त्यहा दर्शकहरुको हुटिङ र नाचले कार्यक्रम आयोजित क्रिक पार्कमा निकै रमाइलो भएको थियो ।

क्षेत्रीय समितिका अध्यक्ष पाल्पाली कान्छा ( खगेन्द्र) को सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अथिति लुम्विनी वेलफेयर सोसाईटी का अध्यक्ष गितामणि पाण्डे रहेका थिए ।  संस्थाकी महिला प्रमुख ओमकुमारी खांडको स्वागत मन्तव्य बाट सुरु भएको औपचारिक कार्यक्रमको संचालन गणेश कौशलले गरेका थिए । भने सांस्कृतिक कार्यक्रमको संचालन शिव सापकोटाले गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।