तानसेन खानेपानी तदर्थ समितिको संयोजकमा श्रेष्ठ

0
488
पाल्पा । तानसेन खानेपानी उपभोक्ता समितिको संयोजकमा मोहनप्रसाद श्रेष्ठ चयन हुनुभएको छ ।
मंगलवार सम्पन्न तानसेन नगरपालिकाको कार्यपालिकाको बैठकले श्रेष्ठको संयोजकत्मा ७ सदस्यीय तदर्थ समितिको गठन गरेको छ । जसको सदस्यहरुमा राधेश्याम ज्ञवाली, सन्तोषकुमार नेपाल, दुर्गादेवी भट्टराई, महेन्द्र बहादुर खाती क्षेत्री, लालमने अधै पुन र दिल कुमारी शर्मा रहनुभएको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीले बताउनुभयो ।
यसअघि असार १३ गते तानसेनमा सम्पन्न उपभोक्ताहरुको भेलाले नगरपालिकालाई जिम्मेवारी दिएको थियो । यसअघिको समितिको म्याद सकिएको ३ वर्ष पुग्दा पनि बैधानिक रुपमा पुर्नगठन हुन सकेको थिएन । तानसेनको खानेपानी उपभोक्ता समितिको कम चासोकै कारण तानसेनमा सधै पानी समस्या हुदै आएको छ । यो समितिले नयाँ बिधान तयार गरि ६ महिनाभित्र खानेपानी उपभोक्ता समितिको निर्वाचन गराउने जिम्मेवारी पाएको छ ।
तानसेन नगरपालिकाले तदर्थ समिति गठनका लागि सबै दलसँग छलफल गर्ने तयारी गरेपनि एमाले लगायतका केही दलहरू यसमा सहभागी भएका थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here