लक्ष्मी जयन्तीको पूर्वसन्ध्यामा सिर्जना वाचन

0
466

पाल्पा । साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाको आयोजनामा तानसेनमा आयोजित साहित्यिक समारोहमा पाल्पाली साहित्यकारहरूले सिर्जनावाचन एवं शुभकामना साटासाट गरे । लक्ष्मी जयन्तीको पूर्वसन्ध्या एवं पाल्पाली साहित्यकार बहादुरसिंह बरालको स्मृतिको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिष्ठानका महासचिव चन्द्रकान्त न्यौपानेको स्वागत र अध्यक्ष पुष्कर अथक रेग्मीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । सभापतित्वको आसनबाट बोल्दै प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीले प्रतिष्ठानले पाल्पाली साहित्यकारहरूको स्मृतिमा जगतकुलमणि कविन्द्र त्रिनक्षत्र साहित्य सम्मान पुरस्कार अक्षय कोष स्थापनाको अपिल गरे । उनले साहित्य तथा स्वास्थ्य प्रतिष्ठानले यसै वर्षदेखि नेपाली वाङ्मयको क्षेत्रमा योगदान पु¥याउने साहित्यकारहरूलाई जगतकुलमणिकविन्द्र त्रिनक्षत्र साहित्य सम्मान पुरस्कारबाट सम्मानित गरिने र कोषको रकम १ लाख पु¥याउने लक्ष्य रहेको बताए । यसै वर्षदेखि उक्त पुरस्कारको राशीबाट प्राप्त ब्याज रकमले १ जना साहित्यकारलाई सम्मान समेत गर्दै जाने बताए ।

कार्यक्रममा उपस्थित तीन दर्जन सवै प्रमुख स्रष्टाहरूले प्रमुख अतिथिको आसनबाट पालैपालो सिर्जना वाचन एवं शुभकामना साटासाट गरेका थिए । वाचन गरिएको कविताको संक्षिप्त टिप्पणी साहित्यकार टंक पन्थद्वारा गरियो । सिर्जना वाचन कार्यक्रमको संक्षिप्त समीक्षा गर्दै बुद्धिजीवि निर्मल श्रेष्ठले जीवनमूलक जनसाहित्य हुनुपर्ने धारणा राखे । उनले हरेक कुरा विचारले मात्र निर्देशित गर्ने हुँदा साहित्यमा विचार प्रधान हुनुपर्नेमा जोड दिए ।

 

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।