पाल्पा र कपिलवस्तुका बालअधिकार चेतना समूहका लागि तालिम

0
345

पाल्पा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराको आयोजनामा बालअधिकार चेतना समूहको लागि ३ दिने तालिम असोज २६ गतेबाट तानसेनमा सुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले बालबालिका मार्फत समुदाय स्तरमा धेरै रचनात्मक कार्यक्रमहरु संचालन गर्न सकिने बताउँदै चेतना समूहका बालबालिकाहरुले पनि विद्यालय, समुदाय र बालबालिकामैत्री कार्यक्रमहरुलाई अगाडि बढाउनुपर्ने बताए । कार्यक्रममा बरिष्ठ पत्रकार मेघराज शर्मा, महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख मनोज आचार्य, गैरसरकारी संस्था महासंघका अध्यक्ष भेषराज तिमिल्सिना लगायतले तालिमको सफलताको लागि शुभकामना व्यक्त गरे ।

पाल्पा र कपिलवस्तु जिल्लाका गरि ८ वटा विद्यालयका ३० जना बालअधिकार चेतना समूहका पदाधिकारी सदस्यहरु तालिममा सहभागी छन् । तालिम उद्घाटन समारोहमा स्वागत मन्तब्य राख्दै इन्सेक पोखराकी कार्यक्रम अधिकृत सवनम शर्माले इन्सेकले एउटा जिल्लाको ४ विद्यालयमा बालअधिकार चेतना समूह गठन गरि बालबालिका मार्फत रचनात्मक कार्यक्रम संचालन गरिरहेको बताइन् । कार्यक्रम इन्सेक पोखराका क्षेत्रीय संयोजक शिव खकुरेलको अध्यक्षता र इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको संचालनमा सम्पन्न भएको थियो ।