पाल्पामा सार्वजनिक र नीजि सवारी साधन सञ्चालनमा रोक

0
520

पाल्पा । पाल्पामा नीजि तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको अध्यक्षतामा सोमबार बसेको सर्बदलीय सर्बपक्षीय बैठकले अत्यावश्यक खाद्यान्नहरु दुध, पानी, पेट्रोलियम, बिरामी बोक्ने सवारीसाधन बाहेक अन्य सवारीसाधन जिल्लाबाहिर जान र जिल्लाभित्र भित्रिन पूर्ण रुपमा रोक लगाएको छ ।


कोरोना भाइरस संक्रमण फैलन नदिन ‘कोरोना संक्रमण रोकथाम तथा उपचार सहजीकरण कार्य टोलीको बैठकले नीजि सवारीसाधनमा यात्रु बोक्न तथा आवतजावतमा समेत रोक लगाएको र यदि कसैले नियम बिपरित कार्य गरेमा कानुन बमोजिम कारवाही हुने समेत निर्णय गरिएको छ ।


बैठकले जिल्लाभित्र भित्रिने र बाहिर जाने सबै खालका सवारीसाधनमा रोक लगाएको हो । सो बैठकले सर्वसाधारण नागरिकलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन निर्देशन दिएको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।