तानसेनलाई सडक मानवमुक्त बनाऔं

0
195

स्थानीय सरकारको गठनसँगै रुपन्देहीको बुटवल सहित बिभिन्न जिल्लाका स्थानीय तहहरुले सडक मानवमुक्त स्थानीय तह घोषणा गरिसकेका छन् । सडकमा दिन रात बिताउनेहरुको केही न केही रुपमा ब्यवस्थापन भएका छन् । तर तानसेन बजार र आसपासमा भने सडक मानव बिस्तारै बढ्दैछन् । तानसेन र आसपासका ग्रामीण क्षेत्रमा ग्रामीण क्षेत्रहरुमा कम्तीमा १५ जना सडक मानव छन् । तीमध्ये अधिकांशको नाम ठेगाना उनीहरुलाई नै थाहा छैन । उनीहरुले दिन जसो तसो कटाएपनि रात अप्ठेरोमा बिताएका छन् । रातिको समयमा टिठलाग्दो दृश्य देखिन्छ । अधिकांश बसपार्कको टिकट काउन्टर, असनटोल, मखनटोलका ब्यक्तिका घर पेटीमा एउटा कम्मलको भरमा रात कटाउने गरेका छन् ।

तानसेन नगरपालिकामा यो संख्या १० भन्दा बढी छ । यी मध्ये पुरुष छन् । अधिकांशले नेपाली भाषा समेत बुझ्दैनन् । धेरैले राम्रो गरि लुगा लगाउँदैनन् । यस्ता दृश्य तानसेनमा देखिइरहन्छन् । यस्ता दृश्य एकातिर हेर्दै दुखद छन् भने अर्कोतिर हाम्रो विकासको गति धेरै पछाडि छ भन्ने कुराको चित्रण गरेका छन् । दिनभरि सडकमा भारी बोक्नेहरु समेत रातिको समयमा मादक पदार्थ सेवन गरेर रात सडकमै बिताएका देखिन्छन् । कतिपय अवस्थामा यस्ता मानिसहरुबाट साना ठुला चोरीका घटनाहरु पनि हुने गरेका छन् । रातिको समयमा एक्लै महिलाहरुले सडकमा हिड्न पनि असुरक्षा भएको महसुस हुने गरको गुनासो आइरहेका छन् ।

यसर्थ पनि तानसेनलाई सडक मानव मुक्त शहरको रुपमा अगाडि बढाउने गरि कार्यक्रम ल्याउनु आवश्यक छ । यसका लागि त्यस्ता मानिसहरुलाई राख्ने आश्रमको ब्यवस्थापन गर्नुपर्छ । अन्य ठाउ“हरुमा रहेका आश्रमसित पनि सहकार्य गर्न सकिन्छ । मात्र तत्परताको खाँचो हो । यदि यो अभियान सफल भयो भने एकातिर त्यस्ता मानिसहरुले उचित गा“स बा“स कपासको अवसर पाउनेछन् । अर्कोतिर स्थानीय सरकार र जनप्रतिनिधिको समेत लोकप्रियता पनि बढ्छ । तानसेनमा रातिको समयमा आउने पर्यटकले यस्तो लाजमर्दो दृश्य देख्ने छैनन् । यसका लागि तानसेन नगरपालिकाले अग्रसरता लिनुपर्छ । छिमेकी पालिकाहरुसित समय समन्वय गर्नुपर्छ । तानसेन नगरपालिकाले यसबारे बिस्तृत योजना सहित छिटै सडक मानवमुक्त नगरको परिकल्पना सहित कार्यक्रम अगाडि बढाउनु आवश्यक छ । तस्बिरः गुगल

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।