गुन्टा बोकेर एसइई सेन्टर पुगेका बिद्यार्थीलाई घर फर्कन स्थानीय सरकारको तर्फबाट निःशुल्क गाडी ब्यवस्था

0
850

पाल्पा । अन्तिम समयमा एसइई परीक्षा स्थगित भएपछि लत्ता कपडा र किताव कापी सहित परीक्षा केन्द्र नजिक पुगिसकेका र परीक्षा स्थगित भएपछि घर फर्कन समस्यामा परेका बिद्यार्थीहरुलाई घरसम्म फर्कन पाल्पाका २ स्थानीय सरकारले निःशुल्क गाडी ब्यवस्था गरेका छन् ।


तानसेन नगरपालिकामा बिभिन्न स्थानबाट धेरै प्राविधिक बिषयका बिद्यर्थीहरु बुधवार दिउँसो तानसेन आएका थिए । उनीहरु तानसेन आउनासाथ एसइई परीक्षा तत्कालका लागि स्थगित गर्ने सरकारले निर्णय गरेको थियो ।


तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही तानसेन आइपुगेका सबै बिद्यार्थीहरुलाई नगरपालिकाले गाडीको ब्यवस्था गरि घर पठाउन सहयोग गर्ने बताए । उनले समूहमा बिद्यार्थीहरुलाई घर पठाउन सहयोग गरिने र त्यसका लागि सम्वन्धित बिद्यालयका प्रअहरुलाई नगरपालिकासित बिद्यार्थीहरुको समन्वय गराइदिन सहयोग गर्न अनुरोध गरे ।

उता बगनासकाली गाउँपालिकाले पनि अप्ठेरामा परेका बिद्यार्थीहरुलाई घरसम्म गाउँपालिकाले नै पुर्याइदिने जनाएको छ । बिद्यालयका प्रअहरुले खवर गर्ना साथ गाडी पठाएर बिद्यार्थीहरुलाई घरसम्म पुर्याइने गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । “आवश्यक भएमा तत्काल गाउँपालिकाकै गाडी समेत पठाएर बिद्यार्थीहरुलाई घरसम्म पुर्याइनेछ ।” उनले भने ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।