तिनाउँको दुर्गम गाउँमा स्वास्थ्य इकाईको स्थापना

0
123

पाल्पा । तिनाउ गाउँपालिकाको वडा नं. १ झिंगामारामा स्वास्थ्य इकाईको स्थापना भएको छ । १ घण्टा भन्दा बढी समय लगायर स्वास्थ्य सस्था जानुपर्ने बाध्यताको अन्त्य गर्दै तिनाउ सरकारले स्वास्थ्य इकाईको स्थापना गरेको हो ।


स्वास्थ्य इकाईको एक कार्यक्रमका विच तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले जनताको स्वास्थ्यमा सरकार संवेदनशिल रहेको बताए । यो स्वास्थ्य इकाई संगै तिनाउमा स्वास्थ्य ईकाईको संख्या १२ पुगेको छ । जसमा ४ वटा स्वास्थ्यचौकी रहेका छन् ।


स्वास्थ्य इकाईको उद्घाटन कार्यक्रममा गाउपालिका उपाध्यक्ष दमयन्ती थापा, प्रवक्ता राजेश श्रेष्ठ, वडा अध्यक्ष रोम बहादुर लम्तरी, कृष्ण खड्काले स्वास्थ्य इकाइले जनताको स्वास्थ्यमा राम्रो प्रभाव पार्ने बताए । स्वास्थ्य इकाईमा एक जना अहेवको व्यवस्था गरिएको छ । त्यस्तै ३५ प्रकारका औषधीहरु निशुल्क वितरण र स्वास्थ्य परिक्षण गरिने बताइएको छ । कार्यक्रमको अध्यक्षता वडा सदस्य अमर बहादुर तरामीले गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।