बेद माविको अध्यक्षमा बस्याल

0
367

दयाराज न्यौपाने । पाल्पा
बेद माध्यमिक बिद्यालय बगनासकाली गाउँपालिका ८ बराङ्दीको ब्यवस्थापन समिति पुर्नगठन गरिएको छ ।
बराङ्दीमा बसेको अभिभावकहरुको भेलाले गणेश प्रसाद बश्यालको अध्यक्षतामा ९ सदस्यीय बिद्यालय व्यस्थापन समितिको सर्वसम्मत रुपमा चयन गरेको हो । जसको सदस्यमा शारदा भुसाल, भरतमणि बस्याल, गिता भुसाल,नुमा देबी पाण्डे,भगवती घिमिरे, वडा प्रतिनिधि गणेश बश्याल, डिल्लीराज पाण्डे रहेका छन् ।


बिद्यालयका प्रधानाध्यापक डिल्लीराज पाण्डेले ३ बर्षीय कार्यकालको प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । भेलामा वडा अध्यक्ष गणेश प्रसाद बश्याल ,निजामती कर्मचारी संगठनका केन्द्रिय पुर्व अध्यक्ष गणेश प्रसाद बस्याल ,नेकपाका हरि प्रसाद पाठक, जनता माध्यमिक बिधालय तानसेनका अध्यक्ष कृष्ण प्रसाद भुसाल ,जगदीश प्रसाद बश्याल ,तारा प्रसाद घिमिरे ,मोतिलाल बश्याल ,लगातले शुभकामना व्यक्त गरेका थिए ।


३ बर्षीय कार्यकालको समिक्षा गदै अध्यक्ष यज्ञ प्रसाद बश्यालले आफ्नो कार्यकालको अबधीमा सहयोग गर्ने अभिभावक शिक्षक, बिद्यार्थी लगायत लाई आभार व्यक्त गदै संस्थागत बिद्यालयको सुरक्षा सबैले गर्नु पर्नेमा जोड दिए । त्यस्तै दामोदर भुसालको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघको समेत गठन गरिएको छ । भेलाको सहजीकरण गाउँपालिका शिक्षा शाखा प्रमुख गुनाराम खनालले गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।