पौडी खेल्दै गर्दा बेपत्ता भएका युवाको शव फेला

0
423

पाल्पा । जिल्लाको तिनाउँ खोलामा रहेको तिनाउँ जलविद्युत केन्द्रको ड्याम साइडमा पौडी खेल्ने क्रममा गत शनिवार बेपत्ता भएका तिलोत्तमा नगरपालिका ७ भलवाडी रुपन्देहीका २१ वर्षीय प्रदिप रोकाको शव मंगलबार दिउँसो फेला परेको छ ।

उनको शव ड्याम साइडबाट करिव १ किलो मिटर तल पानीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।