नारी दिवसकै दिन पाल्पामा महिला माथि बलात्कार प्रयास

0
618

पाल्पा । नारी दिवसकै दिन पाल्पामा एक महिलामाथि बलात्कार प्रयास भएको छ । २० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका ३ का ३३ वर्षीय गणेश पाण्डेलाई आइतबार नै गिरफ्तार गरेको छ ।


आरोपितले आइतबार साँझ रामपुर नगरपालिका वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलमा महिलामाथि बलात्कार प्रयास गरेका थिए । आइतबार साँझ जङ्गलबाट अर्धनग्न अवस्थामा रुदै चिच्याउँदै गरेको अवस्थामा महिलालाई स्थानीयले उद्धार गरी प्रहरीलाई जानकारी गराएका थिए ।


पिडितको तर्फबाट लिखित उजुरी नआएको र मौखिक उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरि थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपेन्द्र जिसीले बताउनुभयो ।

पीडित महिला आफन्तको घरमा बसेर मजदूरी गर्दै आएकी थिइन् । रामपुरको बेझाड बजार जान निस्केकी ती पीडित महिलालाई आरोपित पाण्डेले एक्लै भएको मौका छोपी बलात्कारको प्रयास गरेको पाइएको एसपी जिसीले बताउनुभयो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।