फोक्सिङ्गकोटमा बाल समिति पुनर्गठन

0
216

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटमा बाल समन्वय समिति पुनर्गठन भएको छ । फोक्सिङ्गकोटका बालबालिकाहरुको भेलाले विष्णुमाया गाहाको अध्यक्षतामा १३ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षमा गोकुल पाडे, सचिवमा शान्ती सिंजाली, कोषाध्यक्षमा कबिता सिंजाली तथा सहसचिवमा मनोज गाहालाई चयन गरिएको छ । भेलाले बाल संजालले हाल सम्म गरेका कार्यहरुको समीक्षा गर्दै आगामी दिनमा बालबालिकाहरुको हकहित र प्रबर्धनको लागि थप कार्यहरु गर्ने निर्णय गरेको छ । कार्यक्रममा प्रमुख अतिथि रम्भा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष उमानसिं सारुले सानो उमेर देखि नै लगनशील, सिर्जनशील र अनुशासित भएका व्यक्तिले पछि गएर ठूलो मानिस बनेको थुप्रै्र उदाहरण भएको बताउँदै सिर्जनशील हुन आग्रह गरे ।
भेलाले रम्भा गाउँकार्यपालिका सदस्य भोवीसरा सारुको अध्यक्षतामा ९ सदस्यीय बाल संरक्षण समिति गठन गरेको छ । भेलामा वडा कार्यालयमा दर्ता भएका १५ वटा बालक्लबलाई दर्ता प्रमाण पत्र प्रदान गरिएको थियो । भेला सुआहारा नेपालका अधिकृत कुश्माखर पाण्डेको सहजीकरण तथा बाल समन्वय समितिका अध्यक्ष विष्णुमाया गाहाको अध्यक्षतामा चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।