पाल्पामा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

0
911

पाल्पा । जिल्लाको तिनाउँ खोलामा रहेको तिनाउँ जलविद्युत केन्द्रको ड्याम साइडमा पौडी खेल्ने क्रममा डुबेर एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।


तिनाउँ गाउँपालिका ३ दोभान पाउर हाउसको ड्याममा पौडी खेल्ने क्रममा तिलोत्तमा नगरपालिका ७ भलवाडी रुपन्देही बस्ने २१ वर्षीय प्रदिप रोका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीसँगै पौडी खेल्न गएका १७ वर्षका सुमन सारु, १५ वर्षका सुमित चौधरी भने सकुसल रहेको प्रहरीले जनाएको छ ।


दोभान प्रहरी चौकीका प्रमुख बालबाहादुर घर्तीको कमाण्डमा टोली खटिइ बेपत्ता रहेका रोकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता रोकाको कपडा र अन्य साथीहरु भने खोला किनारामै रहेको प्रहरीले जनाएको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।