अनुसन्धानात्मक खेल प्रतियोगिता सम्पन्न

0
81

पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पसका विद्यार्थीहरुले अनुसन्धानमूलक खेल प्रतियोगिता सम्पन्न गरेका छन् । बिएड तेस्रो वर्षमा अध्ययनरत स्वास्थ्य तथा शारिरिक विषयका विद्यार्थीहरुले पद्म पब्लिक नमूना माध्यमिक विद्यालयमा प्रतियोगिता सञ्चालन गरेका हुन् ।


विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगितामा कक्षा १२ का भाजेन्द्र बुढामगर प्रथम भए । यस्तै अनिल सारु द्धितीय र सुस्मिता ढेंगा तृतीय हुँदा अदिती कार्कीले सान्त्वना स्थान हात पारिन् । प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा विजयी खेलाडीहरुलाई क्याम्पसका विषय शिक्षक कृष्णबहादुर जिसी र विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद शर्माले ट्रफी, शिल्ड र प्रमाणपत्र हस्तान्तरण गरे । पुरस्कार वितरण समारोहमा बोल्दै जिसीले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानप्रदानगर्न आंशिक पाठ्यभारको व्यवस्था गरिएको बताए । उनले विद्यार्थीहरुलाई वास्तविक ज्ञान प्रदान गर्न परियोजनात्मक अनुसन्धान कार्यक्रम गरिएको बताए । कार्यक्रममा विद्यालयका प्रअ शर्माले स्वास्थ्यकालागि खेलकूद कार्यक्रम अनिवार्य भएकोले शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत खेल सञ्चालन गरिएको बताए ।


कार्यक्रममा सहभागीलाई अनुसन्धान खेल प्रतियोगिताकार्यक्रम संयोजक सिर्जना पौडेलले धन्यवाद व्यक्त गरिन् ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।