तानसेनको महेन्द्रबोधि माविमा सामाजिक बिषयको पनि प्रयोगशाला निर्माण

0
152
पाल्पा । विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर कक्ष, पुस्तकालय कक्ष त सुनिएकै थियो तर यहाँ स्थित एक सामुदायिक विद्यालयले सामाजिक प्रयोगशाला अर्थात “सोसल ल्याव” पनि निर्माण गरेर नौलो उदाहरण प्रस्तुत गरेको छ । 

शिक्षण सिकाई प्रभावकारी बनाउन तानसेन–२, स्थित महेन्द्र वोधि माध्यमिक एक विद्यालयले सामाजिक विषयको पनि ल्याब बनाएर नेपालमै नौलो उदाहरण प्रस्तुत गरेको हो । सामाजिक विषयको अध्ययनलाइ प्रभावकारी बनाउन शिक्षक र विद्यार्थीको सक्रियतामा “सोसल ल्याब” बनाइएको हो । प्रयोगशालामा दैनिक जीवनमा प्रयोग हुने ढिकी जाँतो, हलो, जुवा, ठेकी, स्यागु, डोको, गुलेली, टुकी, लालटिन, सिङबाट बनाइएको र्खुपेटो आदि छन् । 

नेपाली समाजमा परम्परादेखि नै प्रयोग हुँदै आएको घरेलु सामग्री सहित विद्यार्थीले बनाएका विभिन्न हस्तकला तथा वस्तुकलाका नमूनाहरू सोसल ल्याबमा राखिएको सामाजिक शिक्षक झविन्द्र देवकोटाले बताए । समाजशास्त्रिय अध्ययन गर्न मिल्ने एक सय बर्ष भन्दा बढी पुराना खराउ, पुराना नोट तथा सिक्काहरू, रेडियो, विद्यालयको पुरानो मध्येको एक कम्प्यूटर, विद्यार्थीले सिर्जनात्मक रुपमा बनाएका विभिन्न चार्ट पेपरहरू लगायत एक सय भन्दा बढी सामग्रीहरू ल्याबमा राखिएको देवकोटाले बताए । सामाजिक विषय अध्ययन् कार्यमा सहयोग होस् साथै पाठ्यपुस्तकमा भएका विषयको ज्ञान लिन विद्यार्थीलाई सहज होस् भनेर सोसल ल्याब सञ्चालन गरिएको र नेपालकै पहिलो प्रयोगशाला भएको उनको दावी छ ।

नेपाली समाजको दैनिक जीवनमा प्रयोग हुँदै आएका तर विस्तारै लोप हुन लागेका यस्ता बस्तुहरूको सङ्कलनबाट विद्यार्थीलाई सामाजिक ज्ञान दिन सकिने विद्यालयको भनाई छ । अघिल्लो पुस्ताको सामाजिक जीवन बुझ्न सघाउने र विद्यार्थीको कला र सीप प्रयोग भएका सामग्रीको सङ्कलन गरेर बिना लगानी प्रयोगशाला निर्माणको भएको विद्यालयले जनाएको छ । सामाजिक अध्ययन विषयको प्रयोगात्मक परीक्षा अन्तर्गत विद्यार्थीलाई सामग्री जम्मा गर्न लगाई उक्त कक्षको व्यवस्थापन गरिएको होे । विद्यार्थी, शिक्षक मिलेर सोसल ल्याब सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक केशव केसीले बताए । सामाजिक विषयको अध्ययनलाई प्रभावकारी बनाउन विद्यार्थी र शिक्षकको पहलमा “सोसल ल्याव” तयार गरेर पठनपाठन गरेका छौँ । सोसल ल्याब निर्माणले विद्यार्थीको पठनपाठनमा थप हौसला बृद्धि गरेको छ भने शिक्षण सिकाई समेत प्रभावकारी बनेको छ । सामाजिक विषयको सैद्धान्तिक र व्यवहारिक ज्ञान अब प्रयोगका माध्यम्बाट लिन पाउदा विद्यार्थी समेत खुसी भएका छन् प्रधानाध्यापक केसीले भने ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।