निस्दीको मित्यालमा ३ दिने महोत्सव हुने

0
877

धनबहादुर ठाडा । (मित्याल) पाल्पा
निस्दीको शान, सुखी सम्वृद्ध निस्दी हाम्रो अभियान भन्ने मुल नाराका साथ प्रथम निस्दी महोत्सव २०७६ हुने भएको छ ।

परिवर्तनको लागि युवा निस्दी ४ मित्यालको आयोजना तथा निस्दी गाउँपालिका पाल्पाको सह आयोजनामा आगामी फागुन १५,१६ र १७ गते महोत्सव हुने मुल आयोजक समितिका अध्यक्ष रोमन गाहाले बताए ।

मित्यालको झ्यालतुङ खेल मैदानमा हुने प्रथम निस्दी महोत्सवमा निस्दी गाउँपालिका भित्र रहेका सातै वडाको झाँकी नाच पर्दर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति , साँस्कृतिक कार्यक्रम, मगरी खानाको परिकार रहने आयोजक समितिका सल्लाहकार कुशल अर्यालले बताए ।

महोत्सवले नेपाल पर्यटन वर्ष २०२० लाई टेवा पुर्याउनुका साथै निस्दीको पर्यटन प्रवर्द्धन, मगर जातिको झाँकी नाच संरक्षण तथा प्रचारप्रसार हुने आयोजकले जनाएको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।