बिद्यालयको एउटा कोठाबाट ३ कार्यालयको सेवाप्रवाह, त्यसैमा भान्छा पनि

0
143

पाल्पा । तपाई आफै कल्पना गर्नुस् त, एउटा कोठामा कति वटा कार्यालय चलेका होलान् । अवश्य पनि तपाईको उत्तर आउने छ । बढी भए एउटा कोठामा एउटा कार्यालय त होला नि । तर यहा भने एउटै कोठाबाट वडा कार्यालय सहित अन्य ३ वटा बिषयगत कार्यालय अन्र्तगतका काम हु“दै आएको छ । त्यो पनि कार्यालयको आफ्नो भवन होइन । बिद्यालयको भवनमा ।

सदरमुकाम नजिकैको बगनासकाली गाउँपालिका वडा नं. ४ खानीछापको वडा कार्यालय २ वर्षदेखि स्थानीय हिमालय आधारभुत बिद्यालयमा संचालन हुदै आएको छ । यसअघि बिद्यालय नजिकै रहेको सानो भवनमा वडा कार्यालय संचालन गरिएपनि उक्त भवनमा स्वास्थ्य चौकी अन्र्तगत प्रसुती कक्ष सञ्चालन गरिएपछि वडाको काम बिद्यालय भवनको एउटा कोठाबाट संचालन हुँदै आएको वडा सचिव कुलप्रसाद अर्यालले बताए । प्रसुती कक्ष रहेको भवनमा अहिले वडाध्यक्षको कार्यकक्ष रहेपनि अन्य प्रशासनिक काम भने बिद्यालय भवनकै कोठाबाट हुदै आएको छ ।

एउटै कोठामा वडा कार्यालयसँगै कृषि, पशु, हुलाक कार्यालय पनि रहेका छन् । त्यही कोठामा भान्छा पनि रहेको छ । एकातिर सानो कोठाबाट सबै शाखाका कार्यसम्पादन गर्न समस्या भएको र बिद्यालय प्रांगणकै कोठामा कार्यालय रहेकोले सेवा ग्राही आउने जाने, कहिले काहि छलफल बहस गर्नुपर्दा बिद्यार्थीहरुको पढाईमा बाधा पुगेको गुनासो आउने गरेको सचिव अर्यालले बताए । कृषि, पशु, हुलाक शाखाका लागि टेवुल कुर्सी र सामान राख्न बाकसको ब्यवस्था छ । तर अप्ठेरो गरि सेवा दिनुपरेको उनले बताए ।

वडा कार्यालय नहुदा विद्यालयको सानो कोठाभित्रै काम गर्नुपर्ने बाध्यता रहेको वडासचिव अर्यालले बताए । उनका अनुसार विद्यालयको साना कोठाबाटै वडाको कामकाज, सिफारिस, घटना दर्तालगायतका वडाका काम गर्दा ज्यादै समस्या भएको छ । विद्यालयमा वडा कार्यालयसगै एउटै कोठामा अतिरिक्त हुलाक कार्यालय र पशुसेवा–उपकेन्द्र लगायतका कार्यालय समेत सञ्चालनमा छन्, त्यहा समेत सम्बन्धित कार्यालयले सेवाग्राहीलाई सेवा दिएका छन् । स्वास्थ्यचौकीको आफ्नै भवन नभएको हुँदा बर्थिङ सेन्टर सञ्चालनका लागि वडाले सहयोग गरेको उनले बताए ।

बिद्यालयका प्रधानाध्यापक सुर्य प्रसाद अर्यालले अन्य बिकल्प नभएका कारण बिद्यालयको कोठा वडा कार्यालयका लागि निशुल्क रुपमा उपलब्ध गराइएको बताए । उनले अहिले वडा कार्यालयको निर्माणको काम भइरहेकोले उक्त निर्माण कार्य सकिएपछि यो समस्या नरहने बताए । विद्यालय र वडाको कार्यालय एउटै भवनमा रहेकोले सेवाग्राही र विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ, वडाअध्यक्ष हुतमान सिं दर्लामीले वडा कार्यालयका कारण बालबालिकाहरुको पढाई प्रभावित भएको गुनासो आएकै कारण वडा कार्यालय निर्माणको कामलाई अगाडि बढाइएको बताए । वडा मार्फत हुने बिभिन्न कार्यक्रमहरु बिदाको दिन वा अन्यत्र भवनमा गर्ने गरिएको र सकेसम्म बिद्यालय र बिद्यार्थीहरुमा कम प्रभाव परोस् भन्ने गरि सचेत समेत भएको उनले बताए ।

चालु आर्थिक वर्षमा वडा कार्यालयको १० लाख र गाउपालिकाको १५ लाख रुपैया सहयोगमा नजिकै रहेको पित्लुङछाप गाउमा भवन निर्माण कार्य अगाडि बढाइएको र अर्को आर्थिक बर्षभित्रै वडा कार्यालय नयाँ भवनमा सारिने उनले बताए । यो बर्षका लागि मात्रै यो समस्या हुने र अर्को बर्षबाट यसप्रकारको समस्या नरहने उनले बताए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।