बगनासकालीका दलित युवाहरुका लागि भाषणकला तथा उद्घोषणकला तालिम

0
96

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाको सहयोग र गाउँपालिको अन्तर्गतको दलित समन्वय समितिको आयोजनामा सञ्चालन भएको दुई दिने भाषणकला तथा उद्घोषण तालिम सोमबार सम्पन्न भएको छ ।


तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले नागरिक सचेत नहुँदासम्म समाजको विकास नहुने बताइन् । भौतिक विकासले मात्र मुलुकको समृद्धि नहुने भन्दै उनले पिछडिएका वर्ग, लिंग र समुदायलाई सचेत गराउनको लागि अझैपनि विशेष खालका कार्यक्रम आवश्यक रहेको बताइन् ।


कार्यक्रममा न्यायीक समितिका सदस्य कुलप्रसाद ढुंगाना, बालमैत्री कार्यक्रमका फोकल प्रर्शन मनोज आचार्य, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, पत्रकार तथा इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सेना लगायतले तालिममा सिकेका कुरा जीवन व्यवहारमा लागु गर्न सुझाव दिए ।


कार्यक्रममा सहभागीका तर्फबाट दलित समन्वय समिति चापपानीका अध्यक्ष मिनबहादुर विक, इन्दिरा परियार, विष्णु सुनार लगायतले सदियौदेखि पछाडि परेको दलित समुदायका युवालाई सचेतनामूलक प्रभावकारी तालिम अझै पनि आवश्यकता रहनको बताए ।


बगनासकाली गाउँ कार्यपालिका सदस्य तथा दलित समन्वय समितिका अध्यक्ष विजुली विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा कार्यपालिका सदस्य तेजबहादुर रसालीले सञ्चालन गरेका थिए । करिब ३० जनाको सहभागिता रहेको तालिममा पत्रकार मिलन विश्वकर्मा र यज्ञमूर्ति तिमिल्सिनाले सहजीकरण गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।