जन्मदिनमा बिद्यार्थी र जेष्ठ नागरिक माझ संगिता

0
175

पाल्पा । संगिता फाउण्डेशन नेपालले विद्यार्थी र वृद्धहरुलाई सहयोग गरेको छ ।
फाउण्डेसनकी अध्यक्ष संगिता भट्टराईले नवदुर्गा माध्यमिक विद्यालय रामपुर ६ तिलकपुरका ३० जना विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान गरिन् ।

त्यस्तै राधादामोदर आरोग्य वृद्धाआश्रम चापाकोट ६ केलादी धामका वृद्धहरुलाई एक दिनको लागि खाद्यान्न समेत हस्तान्तरण गरेकी छन् । भट्टराईले वृद्धाश्रममा आवश्यक चामल, तरकारी, घ्यू, फलफुल आदी मन्दिरका पिठाधिस गोपाल शरण देवाचार्यलाई हस्तान्तरण गरिन् । भट्टराईले आफ्नो २७ औं जन्मदिनको अवसरमा सामग्री प्रदान गरेकी हुन् ।

विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गर्दै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले विद्यार्थीहरुमा परोपकारी भावनाको विकास हुने भन्दै भट्टराईलाई धन्यवाद व्यक्त गरे ।
फाउण्डेशनकी अध्यक्ष भट्टराईले कतैबाट सहयोग नलिइ आफुले आर्जन गरेको केही अंश परोपकारमा लगाउनु पर्छ भन्ने उद्देश्यले आफुले शिक्षामा खर्च गर्दै आएको बताइन् । भट्टराईले विगतका केही वर्ष देखि आफ्नो जन्मदिन बालबालिका तथा वृद्धवृद्धाहरु संग मनाउँदै आएको बताइन् ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।