तानसेनका युवाले बिपद् ब्यवस्थापन सिप सिके

0
202

पाल्पा । तानसेन युवा परिषदका सदस्यहरुले समाजमा आईपर्ने बिपदको व्यवस्थापन गर्नको लागी ज्ञान हासिल गरेका छन् । तानसेन नगरपालिकाको आयोजनामा चार दिन सम्म चलेको विपद व्यवस्थापन तालिममा युवा परिषदका सदस्यहरुलाई गोरखनाथ गण तानसेन र नेपाली सेना विपद व्यवस्थापन गण चितवनका प्रशिक्षकहरुले तालिम प्रदान गरेका हुन् ।

विपदका बेला बाहिरी रेस्कु टिम नपुग्दा सम्मको लागी स्थानियस्तरमा स्थानिय सामाग्रीको प्रयोग गरेर गर्न सकिने विपत प्रतिकार्यको बारेमा शैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराईएको थियो । सोमबार तालिम समापनको अवसरमा आयोजित कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहिले तालिममा सिकेका कुरालाई समुदायमा अरुलाई पनि सिकाउन र व्यवहारमा उर्तान आग्रह गरे ।

मेयर शाहीले समाजसेवीपन हट्दै गएको बेला युवा परिषदका साथिहरुले समाजमा आउने बिपदलाई व्यवस्थापन गर्छौ भनि तालिममा सहभागी भएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा तानसेन नगरपालिकाका उपमेयर लक्ष्मी पाठक, गोरखदल गणका सेनानी रबिन राई, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासे, तानसेन युवा परिषदका अध्यक्ष गुरास आत्रेयले युवाहरुको क्रियाशिलताले समाज व्यवस्थापन हुने भएकाले जस्तोसुकै विपदमा युवाहरुले अबिचलित भएर सेवा गर्न आग्रह गरे ।

कार्यक्रममा सहभागी भरत भट्टराई र रेनुका बस्यालले तालिम फलदायी भएको बताए । चार दिने तालिममा दुघटनामा परेका व्यक्तिको प्राथमिक उपचार, भुकम्प, आगलागी, वाढि, पहिरो जस्ता विपदमा गरिने प्रतिकार्यहरुको जानकारी दिइएको थियो । कार्यक्रम तानसेन नगर कार्यपालिका सदस्य भिम कुमालको अध्यक्षता र सरसफाई अधिकृत शंकर भण्डारीको सञ्चालनमा चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।