दर्शकलाई नचाउन र हसाउँन खप्पिस कलाकार भट्टराई दोस्रो पटक ओमन जाँदै

0
300

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका वडा नं. ३ नायरनम्तलेस पाखन्दीमा जन्मेका कलाकार कमल भट्टराई नेपाली लोक दोहोरी तथा हास्यब्यंगय क्षेत्रमा आफ्नो फरक पहिचान बनाएका छन् ।

पछिल्लो समय मेला महोत्सवमा ब्यस्त कलाकार भट्टराई दर्शकलाई नचाउन र हसाउँन खप्पिस छन् । यसकारण पनि उनको माग देश बिदेशमा समेत हुन लागेको छ । उनै कलाकार कमल भट्टराई दोस्रो पटक ओमन जाने भएका छन् । उनी नेपाल मगर संघ सलला क्षेत्रीय समिति ओमनको आयोजनामा हुन गहिरहेको सास्कृतिक कार्यक्रममा भाग लिन जान लागेका हुन् ।
पछिल्लो समयमा नेता ज्यु विकास मन्द मन्द, कहिले बन्छ बाटो यो सिद्धबाबा खण्ड बोलको उनको गीत धेरैले मन पराएका थिए । उनी यस भन्दा अगाडी नेपाल मगर संघ ओमनको सास्कृतिक कार्यक्रममा विदेश यात्रामा गएका थिए । उनले साठी भन्दा बढी गीतमा शब्द संकलन गरेका छन् भने एक दर्जन गीतमा स्वर भरिसकेका छन् ।

उनी २०६७ बाट पाल्पामा निकालिने गाइजात्रामा प्रत्यक बर्ष प्रहसनमा भाग लिदै आएका छन् । हास्य कलाकारको रुपमा उनी र विजय बम्डेल मंगले र आस्कोटबाको रुपमा स्थानीय तथा राष्ट्रिय स्तरक स्टेजमा प्रहशन देखाउने गर्छन् तर यसपाली भने उनी नेपालकै होची गायिका मुना मगरसंग ओमनको यात्रा गदैछन् ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।