पाल्पाली संगमद्धारा स्वः बिनय कसजूको स्मृतिमा अक्ष्यकोष घोषणा

0
119

पाल्पा । पाल्पाली संगम (सञ्चार समिति)को आयोजनामा काठमाण्डौमा स्व. विनय कसजुको ४५ दिनको पूण्य तिथिका अवसरमा श्रद्धान्जली सभामा तथा विनय कसजु अक्षय कोष घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

सूचनाको हकका अभियन्ता तथा सूचना आयोगका प्रथम प्रमुख आयूक्त ,बाल साहित्यकार , प्रविधि मैत्री समाज र विकास पत्रकारिताका अभियन्ता स्व. श्री विनय कसजूको ४५ औं पूण्य तिथिका अवसरमा आयोजित सो कार्यक्रममा विभिन्न ४ विधामा उनीसंग संगसगै काम गरेका विभिन्न व्यक्तित्वहरु आदित्यमान श्रेष्ठ, प्रमोद प्रधान, श्रीआचार्य र छोरा अभिवन कसजुले ग्रामीण पत्रकारिता, वालसाहित्य, सूचनाकोहक र प्रविधि मैत्री समाजका वारेमा आफ्ना अनूभव र अनूभूति राखेका थिए ।

सो कार्यक्रममा पाल्पा क्षेत्र नं. २ का सघिय सांसद सोम प्रसाद पाण्डेले उनको व्यक्तित्ववारे चर्चा गरेका थिए । उनँले स्व कसजुले समाज रुपान्तरणकालागि ठूलो योगदान गरेको स्मण गर्दै उनले पाल्पाली संगमले उनको नाममा स्थापना गर्न लागेको कोषले भविष्यमा स्व. कसजुका वारेमा थप अध्ययन अनुसन्धान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्व कसजुकी पत्नी गंगा कसजुले उनको जिवन र अभियानका वारेमा चर्चागर्दै स्व. कसजु मुलुककै सम्पती भएको बताइन् । बरिष्ठ पत्रकार शम्भू श्रेष्ठले विनय कसजुका नाममा स्थापना गरिने कोषको सञ्चालनकालागि संगमले प्रस्ताव गरेको संयोजनकारी भूमिका निर्वाह गरी यसलाइ व्यवस्थित र प्रभावकारी वनाउने प्रतिवद्धता व्यक्त गर्दै स्व कसजुका विभिन्न पक्ष वारे प्रकाश पारे ।

पाल्पाली संगम काठमाण्डौ सञ्चार विभाग संयोजक जिवन भण्डारीले स्व विनय कसजु पत्रकारिता क्षेत्रमा संलग्न धेरैको प्रेरणाका गुरु भएकोले सधै सम्झनामा रहने बताउदै स्मृति कोष र पुरस्कारको व्यवस्था गर्न लागेको जानकारी गराए ।

पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेले कसजुलाइ नभेटेकाहरु पनि उनका कृयाकलापवाट प्रभावीत भएको बताउदै शान्त, शालिन, सांकेतिक र संकल्पीत व्यक्तीत्व रहेका स्व.कसजुको नाममा एक कोषको घोषणा गर्दै यसलाइ आगामी १ वर्ष भित्र १० लाख पु¥याउने र बार्षिकीका अवसरमा विभिन्न ४ विधामा काम गर्ने पत्रकार, वा अनुसन्धानकर्ता लाइ पुरस्कार वितरण गर्ने जानकारी गराउदै बार्षिकीका अवसरमा स्मृति ग्रन्थ प्रकाशन गर्ने जानकारी गराए । उनले सो अवसरमा प्रामीण पत्रकारीता मार्फत विकास पत्रकारिता स्थापीत गराउन गर्नु भएको योदानको चर्चा गरे । पाल्पाली संगम २०३२ साल देखि काठमाण्डौमा रहेका पाल्पालीहरुले स्थापना गरेको संस्था हो । यो २०४७ सालमा जिप्रका काठमाण्डौमा विधिवत दर्ता गरी विभिन्न कृयाकलापहरु गर्दे आएको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।