फागुनको पहिलो साता पाल्पा महोत्सव हुने

0
388

पाल्पा । यहि फागुन १ गतेदेखि ११ गतेसम्म तानसेन नगरपालिका ९ दमकडाको खेलमैदानमा पाल्पा महोत्सव हुने भएको छ ।

यस पटक पाल्पा ब्यापार संघको आयोजनामा यस पटक महोत्सव हुन लागेको हो । पर्यटन वर्ष २०२० लाई समेत सफल गराउने गरि उक्त महोत्सवको आयोजना गरिएको आयोजकले जनाएका छन् । जिल्लाको कृषि, पर्यटन, व्यापार प्रवद्र्धन र विकासका लागि सहयोग पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिबी पोखरेलले तानसेनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

२ सय बढी स्टल सहभागि रहने अनुमान गरिएको महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको उनले बताए । महोत्सवबाट करिब ७० लाख रुपैयाँ आम्दानी हुने र यसमध्ये ४० लाख रुपैयाँ खर्च गरिने तथा ३० लाख रुपैयाँ नाफा हुने अनुमान रहेको संघका सचिव पर्शुराम पौडेलले बताए ।

महोत्सवमा ताजा तरकारी, फलफुल, माछा तथा अन्य कृषि उपज, दुग्ध र दुग्धजन्य वस्तु, बीउविजन तथा मलखाद, कृषि औजार, प्रविधि, यन्त्र, जडीबुटीजन्य औषधी, छालाजन्य सामग्री, फर्निचर तथा फर्निसिंग, दैनिक उपभोग्य वस्तु, पाल्पाली ढाका तथा करुवा प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिने बताइएको छ ।

महोत्सवमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता, गाउँपालिकास्तरीय विभिन्न सँस्कृति झल्कने सांस्कृतिक प्रतियोगितासमेत हुनेछ । महोत्सव अवलोकन गर्न सर्वसाधारणले ५० रुपैयाँ र विद्यार्थीले २५ रुपैयाँ तिर्नुपर्ने बताइएको छ । साथै जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिले निःशुल्क प्रवेश पाउने संघका बरिष्ठ उपाध्यक्ष बामदेव बस्यालले बताए । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारले विभिन्न प्रस्तुती समेत रहनेछ ।
महोत्सवमा पाल्पाका १० स्थानीय तहका पर्यटकिय स्थल, कला र संस्कृती झल्कने स्टलहरु पनि समावेश हुने बताइएको छ । पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले आयोजकलाई आआफ्नो तर्फबाट सुझाव समेत दिएका थिए । कार्यक्रमका पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले यो महोत्सवको सफलताका लागि सञ्चारमाध्यम र पत्रकारहरुको तर्फबाट पूर्ण सहयोग रहने बताए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।