पाल्पा रामपुरमा खुल्यो ३ करोड बढी लगानीमा होटल नमस्ते

0
276

बन्दना पोखरेल । (रामपुर) पाल्पा
भिजिट नेपाल २०२० लाई लक्षित गर्दै रामपुरमा ३ करोड बढी लागतमा होटेल नमस्ते पाल्पा संचालनमा आएको छ । पाल्पाको रामपुरमा भ्रमण बर्षको सुभारम्भका अबसरमा सुविधा सम्पन्न नमस्ते पाल्पा होटेल तथा रेष्टुरेन्टको उद्घाटन गरिएको छ । प्रदेश न ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले होटलको शुभारम्भ गरे ।

शहरीकरणतर्फ उन्मुख पाल्पाको रामपुर नगरपालिकामा स्वीमिङ पुल सहितको सुबिधा सम्पन्न होटल संचालनमा आएको हो । यसको उद्दघाटन गर्दै सामाजिक सुरक्षा मन्त्री बरालले बोल्दै जति नै धेरै र्पयटन क्षेत्र भए पनि सुविधा सम्पन्न होटल भएन भनि र्पयटक अडिन सक्दैनन् यो होटल यस क्षेत्रको गहना बन्ने बताए ।


स्थानीय युवा कमल पाण्डे र शिव पाण्डे (दाजुभाइ)ले झण्डै ३ करोड ५० लाखको लागतमा होटेल संचालनमा ल्याएको बताएका छन् । होटल शुभारम्भका अवसरमा पुष १६ देखि १८ गते राष्ट्रिय कलाकार र स्थानिय मौलिक सस्कृती सहितको प्रस्तुती रहनेछ । रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाड खेतमा निर्माण भएको होटेल नमस्ते तीन रोपनी क्षेत्रफल रहेको जग्गामा ११ वटा एट्याज रुम, ४ वटा एसी रुम, सभाहल, रेष्टुरेण्ट हल सहितको ४ तलाको होटेल तथा रेष्टुरेन्ट सन्चालन गरिएको छ । करिव ८ सय क्षमताको हल सहित, टप रेष्टुरेण्ट, स्वीमिङ पुल, पार्किङको राम्रो सुबिधा रहेको होटेल विशेष गरि पाल्पाको पर्यटन विकास शहर उन्मुख रामपुरको आवश्यकतालाई मध्यनजर गर्दै सन्चालनमा ल्याईएको अर्का सन्चालक शिव पाण्डेले बताए ।
पाल्पाको समृद्धि कृषि र पर्यटन भएको बताउदै पाण्डेले चार जिल्लाको संगम रामपुरको शहरीकरण, कालीगण्डकी करिडोर, पर्यटनका संभावना तालपोखरा,सिद्द्बाबा भुजात, खैरेनी, काउले कबुलियत बन, प्याराग्लाइडिङ र कालीगण्डकीमा जलयातायात, यहाँका प्राबिधिक पढाइको थलो, निर्माणाधिन ५० शैयाको अस्पताल, यहाको दैनिक व्यापार र चहलपहलले रामपुर भित्रने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल, रेष्टुरेण्ट तथा पार्टी प्यालेस सहितको नमस्ते पाल्पा होटेल निर्माण गरिएको पाण्डे द्वयको भनाई छ ।


पर्यटन बर्ष २०२०को शुरुवाती सहित उद्घाटन गरिएको यस होटललाई प्रदेश सभा सदस्य युवराज खनाल, नगर प्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल लगाएतले लगाएतले शुभकामना दिएका थिए । कार्यक्रमको सन्चालन पत्रकार सिता डोटेलले गरेकी थिइन् । pic google

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।