तानसेनका उत्कृष्ट ५ उद्यमी को को भए ?

0
2052

पाल्पा । तानसेन नगरपालिकासितको सहकार्यमा दायित्व संस्थाले संचालन गरेको ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम अन्र्तगत तानसेन नगरपालिका स्तरीय उद्यम प्रतियोगिता अन्र्तगत उत्कृष्ट ५ उद्यमीको छनौट गरि एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

प्रतियोगिताका लागि तानसेन नगरपालिका भित्रका २ सय ५१ बढी उद्यमीहरुले सहभागिताका लागि फारम भरेका थिए । फारममा उल्लेख गरिएको बिवरण र उनीहरुको ब्यवसायिक योजनाको आधारमा उत्कृष्ट २० उद्यमीको छनौट गरिएको थियो । उत्कृष्ट २० मध्ये उनीहरुको ब्यवसाय निरीक्षण सहित अन्र्तवार्ता र एसएमएस मतको आधारमा उत्कृष्ट १० उद्यमी छनौट गरिएको हो । त्यस्तै उत्कृष्ट १० उद्यमीको उद्यम स्थलमा निर्णायक मण्डल पुगेर उनीहरुको उद्यमको अवलोकनसँगै अन्र्तवार्ताका माध्यमबाट उत्कृष्ट ५ उद्यमीको चयन गरि उक्त कार्यक्रमका संयोजक सायुज्य शर्माले बताए ।

तानसेनका ५ उद्यमी मध्ये तानसेन बसन्तपुरकी होम स्टे ब्यवसायी मधुमाया बस्याल, बौघापोखराथोकका बाख्रापालक किसान मिन बहादुर आले, मदनपोखराका मौरीपालक किसान खेमराज न्यौपाने, अर्गलीका तरकारी खेती गर्दै आएका किसान निर्मल राना, अर्गलीकी गाईपालक पवित्रा गैरे रहेका छन् ।

तानसेन नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच उत्कृष्ट ५ लाई सम्मानपत्र प्रदान गर्दै तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मी पाठकले तानसेन नगरपालिकाभित्रका पौरखी उद्यमीहरुको यसप्रकारको सम्मानले अरु उद्यमीहरुलाई पनि अझ राम्रो गर्न उत्साह मिल्ने बताइन् । उनले उद्यमशीलता नै नगर विकासको मुख्य आधार भएको बताउदै उत्कृष्ट ५ उद्यमीहरुलाई मात्रै नभएर सबै उद्यमीहरुलाई उद्यमशीलताको प्रवर्धनका लागि तानसेन नगरपालिकाको तर्फबाट नेपाल बैंकसितको सहकार्यमा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने, उनीहरुलाई आवश्यक तालिम तथा प्राविधिक सहयोग पनि प्रदान गरिने बताइन् ।

दायित्व संस्थाका अध्यक्ष डा. पुकार मल्लले यसप्रकारको कार्यक्रमबाट समग्र उद्यम परितन्त्र निर्माणमा ठूलो टेवा पुग्ने बताए । उनले दायित्व संस्थाले आगामी दिनमा पनि तानसेन नगरपालिका सितको समन्वयमा यसप्रकारका उद्यमशीलता प्रवर्धनका कार्यक्रम संचालन गर्ने बताए ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासे, पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्याल, युथ काउन्सिलका अध्यक्ष गु“रास आत्रेय, निर्णायक मण्डलका सदस्य नेपाल बैंक पाल्पाका प्रवन्धक सुरज घिमिरे, घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख बालकृष्ण गैरे, होम स्टे एसोसिएसनका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्याल, त्रिभुवन बहुमुखी क्याम्पसका उपप्रध्यापक युवराज पौडेल, पर्यटन बिज्ञ मनमोहन श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघ पाल्पाका अध्यक्ष हरिकृष्ण कार्की, उत्कृष्ट ५ मा पर्न सफल उद्यमी पवित्रा गैर,े तानसेन नगरपालिकाका प्रवक्ता दामोदर घिमिरे लगायतले आआफ्नो धारणा राखेका थिए । वक्ताहरुले अवको समय नै उद्यमशीलताको समय भएको बताए । कार्यक्रमकै अवसरमा उत्कृष्ट ५ उद्यमीहरुलाई ५० हजारका दरले उद्यम प्रवर्धनका लागि पुरस्कार स्वरुप रकम प्रदान समेत गरिएको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।