पाल्पा दर्लममा १ दिने महोत्सव हुने, बिशिष्ठ ब्यक्तिहरुको पनि सहभागिता रहने

0
815

पाल्पा । बगनासकाली गाउँपालिकाको दर्लमडाँडामा पहिलो पटक दर्लम पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको छ । बगनासकाली सरोकार केन्द्रको आयोजना र कलाकार मञ्च पाल्पाको सहआयोजना रहेको उक्त कार्यक्रममा पाल्पामा जन्मिएका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहने बताइएको छ ।

बगनासकाली गाउपालिका स्तरीय प्रथम दर्लम पर्यटन एवं साँस्कृतिक महोत्सव गर्न गइरहेका छौँ । कार्यक्रम संयोजक लोक तथा दोहोरी गायक नविन पौडेलले भने । बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालको संरक्षकत्व र वडा नं. ५ का वडाध्यक्ष इश्वर कुमार रानाको अध्यक्षतामा ‘बगनासकाली सरोकार केन्द्र’ नामक सस्थाको निर्माण गरेर महोत्सवको मुल आयोजक समिति गठन गरि कार्यक्रमको तयारी अगाडि बढाइएको छ ।

यहि पुस १२ गते शनिवार दर्लमडाँडा माविको प्रांगणमा आयोजना गरिएको महोत्सवको प्रमुख आतिथिको रुपमा पूर्व प्रधानन्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी रहनेछन् । सो कार्यक्रममा पाल्पाकै प्रतिनिधित्व गरेकासांसद सोम प्रसाद पान्डे र दल बहादुर राना त्यस्तै प्रदेशसभाका सांसदहरुको समेत उपस्थिति रहने बताइएको छ ।

त्यस्तै पाल्पामै जन्मिएर देशलाई ठूलो योगदान दिने डा.भगवान कोइराला, गभर्नर डा.चिरञ्जीवी नेपाल, पुनर्निर्माण प्राधिकरण सिइओ सुशील ज्ञवाली, नेपाल प्रहरी राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारी, पूर्व प्रहरी महानिरीक्षक कुबेरसिं राना, गण्डकी प्रदेशका मुख्य सचिव हरिप्रसाद बस्याल, गण्डकी प्रदेशकै मुख्य न्यायाधीश यज्ञ प्रसाद बस्याल, नेपाल सरकारका सहसचिव अणप्रसाद न्यौपानेको पनि उपस्थिति रहनेछ ।

त्यस्तै पाल्पामा जन्मिएर ख्याती कमाउन सफल कलाकारहरु राजेश हमाल, नारायण रायमाझी, दुर्गा रायमाझी, इन्द्र जिसि, लक्ष्मी न्यौपाने, बद्री पङ्गेनी, सेमन्तमणी खराल, किरण चित्रकार, नारायण खनाल लेकाली लगायत व्यक्तिहरुको पनि उपस्थिति रहने बताइएको छ । महोत्सवको सहयोगीका रुपमा पाल्पाका २ नगरपालिका र ८ वटै गाउँपालिका रहेका छन् ।

त्यस्तै पाल्पा समाज जापान, कोहीनुर मेटल उद्योग बुटवल, गरिमा विकास बैंक, कम्यनिटी डेभलप्मेन्ट बैंक, समानिमा इन्स्योरेन्स, भूगर्भ सिमेन्ट भिजन लुम्बिनी,उद्योग वाणिज्य संघ पाल्पा, रुपन्देही समाज अष्ट्रेलिया, मनसुन पलाष्टिक अद्योग, रुपेन्द्रही व्यापार संघ, श्रीनगर यायातायत सेवा कम्पनी प्रा.लि., सिटी एक्सप्रेस मनी ट्रान्सफर, ग्यालेक्सी कुरियर प्रा.लि, काठमाडौं, कान्तिपुर डेन्टल कलेज एण्ड जनरल हस्पिटल काठमाडौँ, पाल्पा समाज पोखरा, पाल्पाली संगम काठमाडौँ, रिडी राम्दी पाल्पाली समाज काठमाडौँ, ग्रीन प्लान्ट बोर्डिङ स्कुल देवदह रुपन्देही, पाठक सिमेन्ट प्रालि, टाइगर प्यालेस रिसोर्ट भैरहवाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै देबदह इङ्लिस बोर्डिङ हाइ स्कुल देबदह रुपन्देही, पाठक सिमेन्ट प्राली, मनकामना इट्टा उध्योग रुपन्देही, रोडिज अटोम्याट प्राली बुटवल, टाइगर प्यालेस रिसोर्ट भैरहवाले पनि महोत्सवलाई साथ दिने भएको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।