पाल्पामा बल्यो हावाबाट बिजुली, गाउँ नै झिलीमिली

0
3360

धनबहादुर ठाडा । (मित्याल) पाल्पा
निस्दी गाउँपालिका मित्यालमा दोस्रो पटक फेरि पनि हावाबाट बिजुली बल्न सफल भएको छ ।

मित्यालको रुक्सेभन्ज्याङ डाँडामा दुई वटा पंखा घुमाएर उत्पादन गरेको बिजुली यहाँका १ सय ५० घरधुरी र गाउँपालिका भित्र रहेका विभिन्न सरकारी कार्यालय र विद्यालयहरूले उपभोग गर्दै आएका छन् । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र नेपाल र निस्दी गाउँपालिका पाल्पाको करिब २ करोड १५ लाखको संयुक्त लगानीमा बिजुली उत्पादन गरेको मित्याल सौर्य तथा वायु उर्जा उपभोक्त समितिका अध्यक्ष भुपिन्द्र सुनारीले बताए ।


अहिले उत्पादन गरेको बिजुली मित्यालका झ्यालतुङ , रुक्सेभन्ज्याङ , काफल , मौलाथर , मित्याल बजार र विभिन्न कार्यालयहरुमा वितरण गर्दै आएको र आगामी दिनमा थप उत्पादन गर्दै यहाँका स्थानीयलाई सुबिधा दिने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताए । हावाबाट १५ किलोवाट र वायु तथा सौर्य उर्जा हाइवृद प्रणालीको १० किलोवाट गरि २५ किलोवाट क्षमताको विद्धुत उत्पादन गरेको निर्माण कम्पनी कृष्ण गृल एण्ड इन्जिनियरिङ वर्क प्रालि विराटनगरका योगेन्द्र बरालले बताए । अहिले बिहान ४ बजेदेखी बेलुका १० बजेसम्म पावर वितरण गरेको र निकट दिनमै २४ सै घण्टा वितरण गर्ने समितिका उपाध्यक्ष जबर सिं सारुले बताए ।


२५ किलोवाट क्षमताको हावाबाट उत्पादन गरेको बिजुली बल्न थालेपछि स्थानीय त त्यसै खुशी भएका छन अन्य कार्यालय संचालन गर्न पनि धेरै सजिलो भएको गौरीशंकर माविका प्रधानाध्यापक केश बहादुर सुनारीले खुशी व्यक्त गरे । यसभन्दा १ बर्ष अगाडि १ हजार २ सय वाट क्षमताको हावाबाट उत्पादन गरेर चर्चमा आएको मित्याल अहिले थप चर्चमा आउने र धेरै ठाउँका मान्छेहरु हेर्न आउने गरेको स्थानीय समाजसेवी सन्तविर सुनारीले बताए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।