तिनाउँका २ सहकारीबीच एकीकरण

0
170

पाल्पा । तिनाउँ गाउँपालिका वडा नं. ६ का दुई वटा सहकारी बीच एकीकरण भएको छ । स्थानीय फुलबारी बचत तथा ऋण सहकारी संस्था र डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाबीच एकीकरण भएको हो । दुई सहकारीबीच एकीकरण भएपछि नयाँ सहकारीको नाम फुलबारी दुग्ध तथा तरकारी उत्पादक सहकारी संस्था नामाकरण गरिएको छ ।

एकीकरण कार्यदलका संयोजक गोपाल जीसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तिनाउँ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले सामुदायिक आर्थिक परिवर्तनमा सहकारीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । सहकारीले कृषि पशुपालन सहित उत्पादनमुलक कार्यमा लगानी गर्नुपर्ने र किसानका लागि उपयुक्त सिपको आवश्यकता भएमा गाउँपालिकाले प्रवन्ध मिलाउने बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष धु्रव अधिकारी, जिल्ला दुग्ध उत्पादक संघ पाल्पाका अध्यक्ष रामजी घिमिरे, डुम्रे दुग्ध उत्पादक सहकारीका निवर्तमान अध्यक्ष दुर्गा बहादुर खाँण लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

एकीकरण सम्वन्धी बिशेष साधारणसभाले दुर्गा बहादुर खाँणको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिति गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा शंकर भण्डारी, महिला उपाध्यक्षमा दुर्गा बिष्ट, सचिवमा पूर्ण बहादुर सिल्वाल, कोषाध्यक्षमा बिमला सिंजालीलाई जिम्मेवारी दिइएको छ । यो अन्तरिम समिति बनेको र ३ महिनभित्र अधिबेशन हुने संयोजक जीसीले बताए । कार्यक्रमको संचालन एकीकरण दलका सदस्य रामबहादुर पन्तले गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।