रामपुरमा क्यान्सर रोकथाम, नियन्त्रण तथा परीक्षण कार्यक्रम

0
123

बन्दना पोखरेल । (रामपुर) पाल्पा क्यान्सर रोकथाम, नियन्त्रण तथा परिक्षण कार्यक्रम रामपुरमा सुरु भएको छ ।

रामपुर नगरपालिकाको आयोजना तथा क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको प्राबिधिक सहयोगमा शिविर आयोजना भएको हो । स्वास्थ्य कार्यालय पाल्पा र विजय लघुबित्त संस्था लिमिटेड गैडाकोट नवलपरासीको समन्वयमा भएको शिविरको उद्घाटन कार्यक्रम नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यको अध्यक्षतामा चलेको थियो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रमणबहादुर थापाले रोग आफैले चाहेर लाग्ने होइन, कहिलेकाही सानातिना कुरामा ध्यान नदिदा विभिन्न रोगले आक्रमण गर्ने बताउदै समय समयमा स्वास्थ्य गर्नुपर्ने बताए ।

कार्यक्रममा विपि कोइराला क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोग रोकथाम नियन्त्रण तथा अनुसन्धान विभागका विभागीय प्रमुख भोला शिवाकोटी, विजय लघुबित्त संस्था लिमिटेड गैडाकोटका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालले शिविरबाट लाभ लिन आग्रह गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालको स्वागत स्वास्थ्य शाखा संयोजक तीर्थप्रसाद ढुंगानाको संचालनमा कार्यक्रम चलेको थियो । शिविर बुधवार पनि चल्नेछ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।