लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मित्यालमा सम्पन्न

0
239

धनबहादुर ठाडा । (मित्याल) पाल्पा
लैंगिक हिंसा र दुव्यर्वहार, छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम मित्यालमा सम्पन्न भएको छ ।

निस्दी गाउँपालिका पाल्पाको सहयोग तथा निस्दी ४ मित्यालको आयोजनामा कार्यक्रम भएको हो । वडा अध्यक्ष न्यो बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि निस्दी गाउँपालिका स्वास्थ शाखा संयोजक रेम बहादुर दिशा, मित्याल स्वास्थ चौकीका प्रमुख पुर बहादुर सारु, नेकपाका नर बहादुर सुनारी, नेपाली कांग्रेसका तास बहादुर कालुङ , गौरीशंकर माविका प्रधानाध्यापक केश बहादुर सुनारी लगायतले लैंगिक हिंसा न्यूनीकरणका विषयमा आआफ्नो धारणा राखेका थिए ।

महिला, जनप्रतिनिधि तथा दिदीबहिनीको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा रुक्सेभन्ज्याङ प्रहारी चौकी मित्यालका प्रमुख डेड बहादुर थापाले लैंगिक हिंसाको बारेमा सहजीकरण गरेका थिए । कार्यक्रमको संचालन वडा सहायक सहबिर खनगाहाले गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।