अन्तराष्ट्रिय अपांग दिवसको अवसरमा सिबिआरमा बिबिध कार्यक्रम सम्पन्न

0
204

पाल्पा । २८ आंै अन्तराष्ट्रिय अपांग दिवसको अवसरमा अपांगता भएका बालबालिकाको प्रतिभा प्रस्तुती तथा सम्मान कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

पाल्पा सिविआर, मान्डव्य कृषि समूह र मस्तिष्क पक्षघात स्वावलम्वन समुहको आयोजना र तानसेन नगरपालिकाको सहयोगमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि प्रदेश न ५ का सांसद डा. पुरनमान बज्राचार्यले अपांगता भएका ब्यक्तिहरुले पनि राम्रो अवसर पाउने हो भने समाजमा उदाहरणीय काम गर्न सक्ने बताए । उनले सरकारले पनि अपांगता भएका ब्यक्तिका अधिकार सुनिश्चित गर्ने कुरामा बिशेष ध्यान दिएको उनले बताए ।

सिविआरकी सदस्य बिष्णु कुमारी घिमिरेको स्वागतपछि सुरु भएको कार्यक्रममा सिविआरका कार्यक्रम व्यवस्थापक कृष्ण गहतराजले सिविआरले बिगत डेढ वर्षदेखि सञ्चालन गर्दै आएको स्याहार केन्द्र मार्फत दैनिक १२ जना, साप्ताहिक २५ जना र घरदैलो सेवा मार्फत मासिक ६५ जनाले सेवा लिदै आएको बताए ।

कार्यक्रममा पाल्पा जेसिजका पुर्व अध्यक्ष रिदममान बज्राचार्य, रणउजीरेश्वरी लायन्स क्लवका सचिव सुनिता राणा, पाल्पा रोटरीका सचिव शैलेन्द्र भट्टराई, गैरसरकारी सस्था महासंघका अध्यक्ष भेषराज तिमिल्सना, पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना, पप माविमा सञ्चालित बहिरा ईकाईकी शक्षिका जमुना घिमिरे, पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष राजु महर्जन, सिविआरका सल्लाहकार बुद्धि प्रसाद शर्मा,तानसेन ३ का सदस्य महेश्वर श्रेष्ठ, तानसेन ६ का अध्यक्ष सागरमान महर्जन पुर्व अध्यक्ष छत्रराज शाक्य,तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मी पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सिविआरका अध्यक्ष राजेन्द्र मुनी शाक्यको अध्यक्षतामा चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।