रिडीमा भजन र शंख बजाउने प्रतियोगिता, असल बुहारी र पत्रकार पनि सम्मानित

0
240

पाल्पा । रुरु धार्मिक सेवा संचार प्रालिको आयोजनामा यस क्षेत्रमै नौलो कार्यक्रमको रुमिा दोहोरो शंख बजाउने प्रतियोगिता तथा खुल्ला भजन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रालिले ५ वर्ष अघिदेखि हरेक वर्ष यसप्रकारको कार्यक्रम गर्दै आएको छ । यस वर्ष तानसेन नगरपालिका १४ अर्गली, रुरु गाउँपालिका १ रिडी, २ ग्वादी ३ थानपति, कालीगण्डकी १ हटियाका गरि २५ जना असल बुहारीहरुलाई सम्मान समेत गरिएको छ । जेष्ठ नागरिकको रुपमा रहेका सासु ससुरालाई धेरै बुहारीहरुले हेला गर्ने, वास्ता नगर्ने जस्ता समस्याहरु बढ्दै गएको बेला घरमा सासु ससुरालाई आफ्ना बावु आमा जस्तै माया गर्ने र सम्मानका साथ राख्ने असल बुहारीहरुलाई सम्मान गरि अन्य बुहारीहरुका लागि पनि राम्रो सन्देश दिने गरि सम्मान गरिएको प्रालिका प्रवन्ध निर्देशक चुरामणी तिमिल्सनाले बताए । असल बुहारीहरुलाई सम्मानपत्र, दोसल्ला, ढाकाको पर्सले सम्मान गरिएको थियो ।

त्यस्तै तानसेन नगरपालिका १४ सहित गुल्मी र स्याङ्जाका छिमेकी पालिकाहरुका बिभिन्न वडाका गरि ८४ वर्ष पुगेका ९० जना नागरिकलाई दोसल्ला र फलफुलले सम्मान गरिएको थियो । त्यस्तै पाल्पा, स्याङजा र गुल्मीमा रहेर पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई समेत सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझी, गुल्मीको रेसुंगा टेलिभिजनका पत्रकार मोहन बस्नेत, अर्घाखाँचीका एविसि रिपोर्टर घनश्याम पौडेल, मेचीकाली दैनिकका पाल्पा समाचारदाता नेत्र गैरे, पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिनालाई पनि सम्मान गरिएको थियो ।

भजन प्रतियोगितामा आरती भजन कृतन समूह तानसेनको समूह प्रथम, लोक चुट्का भजन कृतन समूह तानसेन द्धितिय, भजन समूह तानसेन १२ लुहुङ तृतीय र बगनासकाली २ पोखराथोकको भजन समूहले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम पुरस्कार रु १० हजार प्रमाणपत्र, द्धितिय पुरस्कार रु ५ हजार र प्रमाणपत्र, तृतीय पुरस्कर रु ३ हजार र प्रमाण पत्र सान्त्वना पुरस्कार रु २ हजार प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका सदस्य कमल श्रेष्ठले रुरु क्षेत्र धार्मिक तथा ऐतिहासिक हिसावले निकै महत्वको क्षेत्र भएपनि ब्यवस्थापनको काम हुन नसक्दा ओझेलमा परेको बताए । उनले रुरु क्षेत्रको प्रचार प्रसार र धार्मिक पर्यटन प्रवर्धनका लागि यस प्रकारको भजन प्रतियोगिताले सहयोग पु¥याएको भएकोले प्रतियोगिताका लागि सबै पक्षको सहयोग रहनुपर्ने बताए । एउटा प्रालिले यति भब्य कार्यक्रम गर्नु निकै ठूलो बिषय भएको भन्दै श्रेष्ठले आफूले प्रालिका आगामी कार्यक्रमलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रमकी बिशिष्ट अतिथि जिल्ला समन्वय समिति पाल्पाकी उपप्रमुख मिरा मरासिनीले धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको संरक्षण गर्दै पुराना भजनहरुको संरक्षण सम्र्वधनका लागि यो कार्यक्रमले टेवा पु¥याउने बताइन् । उनले हरेक वर्ष यसरी निरन्तर यति भब्य कार्यक्रम गरेर प्रालिले यसक्षेत्रमा धार्मिक पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन् ।

बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले कार्यक्रमले सामुहिक भावको बिकास गराउँदै हराउन लागेको भजन संस्कृति संरक्षणका टेवा पु¥याएको बताए । उनले आगामी दिनमा पनि आफ्नो र गाउ“पालिकाको तर्फबाट कार्यक्रमका लागि आवश्यक सहयोग पु¥याउने बताए । अध्यक्ष बस्यालले पाल्पा जिल्लाको पर्यटन क्षेत्रमा रुरु धामको पनि निकै महत्व रहने बताउँदै यस क्षेत्रलाई समय सापेक्ष ब्यवस्थित गराउंदै प्रचार प्रसार गर्दै अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा कार्यक्रमको संचालनका लागि प्रालिलाई आर्थिक तथा भौतिक सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरुलाई पनि सम्मान गरिएको थियो । प्रालिका अध्यक्ष चुरामणी तिमिल्सिनाको अध्यक्षता र पत्रकार भुवन भुसालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पाल्पा, स्याङजा, गुल्मी लगायतका जिल्लाका मानिसहरुको बाक्लो सहभागिता रहेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।