स्वः बिनय कसजुलाई यसरी सम्झिए उनका समकक्षीले

0
297

पाल्पा । तानसेन नगरपालिकामा स्थापित पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोषको आयोजनामा बरिष्ठ पत्रकार बिनयकुमार कसजुको स्मृतिमा शोक सभा तानसेनमा सम्पन्न भएको छ ।

कोषका सल्लाहकार समेत रहेका कसजुको मंसिर १० गते काठमाडौमा उपचारको क्रममा ७२ वर्षको उमेरमा निधन भएको थियो । कार्यक्रमा स्व बिनय कसजुको जिवनीबारे चर्चा गर्दै गेट अप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले कसजुले हरेक समय सामाजिक हितका पक्षमा रहन प्रेरित गर्ने गरेको बताए । पाल्पाली पत्रकारिता क्षेत्र का लागि कसजुको योगदान महत्वपुर्ण रहेको उनले उल्लेख गरे ।

रेड्क्रस सोसाइटी पाल्पाका सभापति बुद्धिप्रसाद शर्माले पञ्चायतकालमा रिडीका प्रधानपञ्च भएर काम गरेको देखि सफल पत्रकार सफल साहित्यकार सम्मको भुमिका कसजुले निर्वाह गरेको बताए । पर्यटन क्षेत्रमा पनि कसजुको भुमिका अविस्मरणीय रहेको उनले बताए ।

श्रीनगर पत्रिका, सत्य साप्ताहिकका सस्थापक सम्पादक तथा गाउले देउराली पत्रिकाका समेत सस्थापक सम्पादक रहेका कसजु ,राष्ट्रिय सुचना आयोगका पुर्व आयुक्त समेत रहेका थिए । कार्यक्ममा जिविस पाल्पाका पुर्व सभापति झपेन्द्र जिसीले कसजुले सामुदायिक सञ्चारको खम्बाको रूपमा काम गरेको बताए । सामुदायिक पत्रकारितामा पाल्पाको पहिचान बेग्लै बनाउन पनि कसजुको योगदान महत्वपुर्ण रहेको उनले बताए ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले कसजु बहुआयामिक ब्यक्तित्वका रूपमा रहेको बताए ।

तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले कसजुले पत्रकारिताको महत्व बुझाउन र पत्रकारितालाई संस्थागत गर्ने बिषयमा कसजुको योगदान महत्वपुर्ण रहेको बताए । हरेक कुरामा सकिन्छ भन्न्रे बिश्वासकै कारण कसजु सफल भएको उनले बताए । कार्यक्रम कोषका जेष्ठ सदस्य मेघराज शर्माको अध्यक्षता र कोषका सदस्य सचिव गोविन्द भट्टराईको संचालनमा कार्यक्रम चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।