फोक्सिङकोटमा सचेतना कार्यक्रम सम्पन्न

0
268

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटमा महिला सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । महिला हिंसा विरुद्घको १६ दिने अभियान अन्तर्गत रम्भा गाउँपालिकाका विभिन्न वडामा महिला हिंसा सम्बन्धी सचेतना तालिम संचालन गरिएको हो ।

सचेतना कार्यक्रममा रम्भा गाउँपालिका महिला शाखाकी सहायक निरीक्षक कमला अर्यालले महिला हिंसा, लिङ्ग तथा लैंगिक विभेद, घरेलु हिंसा, महिलाको श्रम शोषणका बारेमा प्रशिक्षण दिएका थिए । कार्यबmममा रम्भा गाउँपालिका सदस्य भोवीसरा सारु, नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष जीतबहादुर गाहा, वडा अध्यक्ष उमानसिं सारु लगायतले महिला हिंसा र महिला विभेद बारे सबै नागरिक सचेत र सजग भई समाजमा एकता कायम गर्न सहयोग गर्नुपर्नेमा जोड दिए ।

नेपालमा समानताको पुस्ता, बलात्कार विरुद्घ ऐक्यबद्घता भन्ने नाराका साथ मंसिर ९ गते देखि २४ गते सम्म लैङ्गिक हिंसा विरुद्घको अभियान संचालन गरिदै आएको छ । कार्यक्रममा फोक्सिङ्गकोटका सयौं महिलाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागी सबैलाई महिला हिंसा, बालहिंसा तथा हिंसा विरुद्घ आवाज उठाउने प्रतिबद्घताको प्रतिक सेतो रिबन समेत वितरण गरिएको थियो । कार्यक्रम वडा सचिव धनकुमारी सारुको संचालन तथा रम्भा गाउँपालिका उपाध्यक्ष राधादेवी श्रेष्ठको अध्यक्षतामा चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।