चौविस माइलमा स्वास्थ्य शिविर, १ सय ७२ जना लाभान्वित

0
69

पाल्पा । तिनाउँ गाउपालिका वडा नं. ५ चौविसमाईलमा रहेको कल्याणी आधारभुत विद्यालयले एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य शिविरमा विद्यालयका शिक्षक, विद्याथी, र अभिभावकहरुले निशुल्क स्वास्थ्य सेवा लिएका छर्न ।

स्वास्थ्य शिविरमा लुम्विनी मेडिकल कलेजका डाक्टरहरुले स्वास्थ्य परिक्षण र निशुल्क औषधी वितरण गरेका थिए । तिनाउँ गाउँपालिका अध्क्षय ओम बहादुर घर्तीमगरले अहिलेको समय र मौसम अनुसार आयोजित स्वास्थ्य शिविर महत्वपुर्ण रहेको भन्दै सहयोग गरेकोमा लुम्विनी मेडिकल कलेजका डाक्टरहरु र व्यवस्थापन समितिलाई धन्यवाद ज्ञापन गरे ।

उक्त शिविरमा जटिल समस्या भएकाहरुलाइ अस्पतालमानै रिफर गरिएको र १ सय ७२ जनाले स्वास्थ्य परिक्षण गरेको विद्यालयका प्रधानाध्यापक सुन्दर गाहाले जानकारी दिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।