नायरनम्तलेस कृषि सहकारीको साधारणसभा सम्पन्न

0
31

पाल्पा । नायरनम्तलेस कृषि सहकारी संस्था लिको ७ औँ साधारण सभा सम्पन्न भएको छ ।
बगनासकाली वडा न. ३ मा स्थापना भएर कृषि उपज संकलन,कृषि जन्यबस्तु उत्पादन तथा विक्री वितरण गर्दै आएको सहकारी सस्थाले कृषि ऋण प्रदान गर्दै सफलता हासिल गरेको पुर्व अध्यक्ष दिल ब गाहाले बताए ।


कार्यक्रममा बार्षिक आयव्याय सार्वजनिक भएको थियो जसमा संस्थाको २०७५ । ७६ सम्म कुल कारोबार रु २८०५०३१.८५ पैसा भएको र कुल नाफा रु ६२२८० भएको आर्थिक संयोजक प्रेम बहादुर गाहाले बताए ।

साथै संस्थाको नया कार्यसमिति चयन भएको छ । बसन्त बहादुर कुवरको अध्यक्षतामा ९ जनाको कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा उर्मिला कवर,सचिवमा जनक राज अर्याल,कोषाध्यक्षमा धनीकला सारु रहेका छन् । कार्यक्रम वडा अध्यक्ष टिका ब थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।