रामपुरमा सामुदायिक विपद् प्रतिकार्य तालिम चल्दै

0
217

पाल्पा । रामपुर नगरपालिकाको आयोजना तथा गोरख दल गणको संयोजनमा सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु भएको छ ।

स्थान विशेषमा घट्न सक्ने विभिन्न प्राकृतिक तथा मानविय विपद्को दौरान स्थानीयको प्रथम उपस्थिति र उद्धारको आवश्यकताको महसुस गरी स्थानिय २४ जना शिक्षार्थी समावेश उक्त तालिम संचालन गरिएको हो ।

१३ गते सम्म संचालन हुने र तालिमको उद्घाटन रामपुर नगरपालिकाकी उप प्रमुख विष्णु देवी आचार्यले गरेकी थिइन् । उक्त कार्यक्रममा रामपुर नगरपालिकाका प्रशासकिय अधिकृत बावुराम अर्याल, ईलाका प्रशासन कार्यालयका प्रमुख, स्थानिय व्यक्तित्व, वडा अध्यक्ष तथा पत्रकारहरुको उपस्थिति रहेको थियो साथै उक्त कार्यक्रममा गणका नि.गणपति सेनानी मनोज डंगोलले सामुदायिक विपद् प्रतिकार्य तालिम सम्बन्धी जानकारीमुलक कक्षा समेत संचालन गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।