सिद्धार्थ बैंकद्धारा उद्यमीलाई ब्यपार साक्षरता कार्यक्रम संचालन

0
65

पाल्पा । सिद्धार्थ बैंकको आयोजना सक्षम, युकेएड र दायित्व संस्थाको समन्वय र सहकार्यमा १ दिने ब्यापार साक्षरता कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

पाल्पाका ५० जना बढी उद्यमीहरुको सहभागिता रहेको कार्यक्रममा सिद्धार्थ बैंक केन्द्रीय कार्यालय सहायक परियोजना प्रवन्धक शोभा सिवाकोटी र परियोजना अधिकृत सविना खरेलले उद्यमीहरुलाई ब्यवसायिक साक्षरता कक्षा संचालन गरेका थिए । उनीहरुले बैंक संगको सहकार्य, उद्यम र दर्ता प्रक्रिया लगायतका बिषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा सिद्धार्थ बैंक प्रदेश ५ का प्रमुख शुसिल नेपालले बैंकसंगको कारोवारले उद्यमीहरुलाई ब्यवसायिक कार्यका लागि निकै सहयोग पुग्ने बताए । उनले सरकारले उद्यमीहरु केन्द्रीत बिभिन्न कार्यक्रमहरू ल्याएकोले उद्यमीहरुले त्यसको फाइदा लिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी उद्यमीहरुले बैंकबाट सहुलियत दरको ऋण लिन चाहिने कागजपत्र र प्रक्रिया, बैंकसितको निरन्तर सहकार्य लगायतका बिषयमा जिज्ञाशा समेत राखेका थिए ।

सहभागीहरुले राखेका जिज्ञाशाहरुको जवाफ सिद्धार्थ बैंक पाल्पा शाखाका प्रमुख खुम पौडेल, रुपन्देहीको बुटवल शाखाका प्रवन्धक चन्द्रदेव पौडेल, भैरहवा शाखाका प्रवन्धक जीवन घिमिरे लगायतले दिएका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।