पाल्पामा जिल्ला स्तरिय तेक्वाण्डो प्रतियोगिता सम्पन्न (विजयीको नामावली सहित )

0
169

देब पचभैया । पाल्पा
पाल्पामा जिल्ला स्तरिय तेक्वाण्डो प्रतियोगिता सम्पन्न भएको छ । पाल्पा आई.टि. एफ को आयोजनामा दुई दिन सम्म चलेको नवौं जिल्ला स्तरिय तेक्वाण्डो प्रतियोगितामा २८ स्वर्ण, २८ कास्य र ३४ रजत पदका प्रतिस्पर्धा भएको थियो ।
तानसेन टुडिखेल मैदानमा भएको प्रतियोगितामा मदरल्याण्ड तेक्वाण्डो डोजाङ्, तानसेन तेक्वाण्डो डोजाङ्, बेत्थल तेक्वाण्डो डोजाङ्, पाल्पा आवाशिय तेक्वाण्डो डोजाङ्, प्रशान्ति तेक्वाण्डो डोजाङ्, प्यारागन तेक्वाण्डो डोजाङ्, रामपुर तेक्वाण्डो डोजाङ्, सगरमाथा तेक्वाण्डो डोजाङ्, बृन्दाबन तेक्वाण्डो डोजाङ्, प्रिपरेटरी तेक्वाण्डो डोजाङ्, मालागिरी तेक्वाण्डो डोजाङ, बिज्जु स्कुल गरी २१५ खेलाडीले प्रतिस्पर्धा गरेका खेल संयोजक आई.टि. एफ तेक्वाण्डोका चौथो डन तथा अन्र्तराष्ट्रिय प्रशिक्षक कृष्ण थापाले जानकारी दिए ।

को को भए विजयी ?
प्रतियोगितामा स्पारिङ तर्फ पुरुषमा २१–२५ केजी समूहमा तानसेन दोजाङका एन्जल रेग्मीले स्वर्ण पदक प्राप्त गरे । ३६–४० केजी समूहमा तानसेन दोजाङकै रजन रेग्मीले स्वर्ण पदक, ४१–४५ केजी समूहमा आवसीय दोजाङका अशोक पुलामीले स्वर्ण पदक प्राप्त गरेका छन् । ४६–५० केजीमा बेथल दोजाङका विनोद रखाल, ५१–५५ केजीमा रामपुर दोजाङका जिज्ञासु राना, ५६–६० मा आवासियका सुजन पचभैया, ६० केजीदेखि माथि समूहमा बेथल दोजाङका विशाल काम्मुले स्वर्ण पदक हात पारेका छन् ।

महिला तर्फ २१–२५ केजी समुहमा बेथलकी इस्मन सिंजाली, २६–३० मा आवासियकी समिक्षा गाहा, ३१–३५ केजी समूहमा मदरल्याण्डकी रोशनी श्रेष्ठ, ३६–४० मा विज्जुकी एलिसा थापाले स्वर्ण पदक जितेका छन् । ४१–४५ केजी समूहमा मदरल्याण्डकी इन्सु राना, ४६ देखि ५० केजी समूहमा तानसेनकै सदिक्षा खनाल , ५१–५५ मा प्रिपरेटरीकी ममता गाहा र ५६–६० केजी समूहमा मदरल्याण्डकी प्रविना बैजालीले स्वर्ण पदक हात पारिन् ।

प्रतियोगिताको एकल महिला प्याटन तर्फ पहेलो पेटीमा मदरल्याण्डकी रोशनी श्रेष्ठ, हरियोमा इन्सु राना, निलोमा तानसेन दोजाङकी स्मृती थापा, रातोमा प्रिपेटोरीकी ममता गाहा, कालो पेटीमा आवासीयकी समिक्षा गाहाले स्वर्ण पदक जितेकी छिन् । त्यस्तै एकल पुरुष प्याटन तर्फ पहेलो पेटीमा प्रिपरेटोरीका एन्जिल दर्लामी , पहेलोमा मदरल्याण्डका विनोद पुन, निलोमा तानसेनका एन्जल रेग्मी, रातोमा प्रिपरेटोरीकै निशान्त के.सि , कालोमा तानसेन दोजाङका निशप थापाले स्वर्ण पदक हात पारेका छन् । स्पायरिङ तर्फ २१–२५ केजीमा आवसीयका सुवास रानाले कास्य,बेथलका समिर विसी काँस्य र विजुका सरोज बस्यालले पनि काँस्य पदक जितेका छन् । ३६–४० केजीमा आवासीयका कुमार कुमाईले रजत, बेथलका विश्वास मश्राङ्गीले काँस्य र तानसेन दोजाङका निरज थापाले काँस्य पदक प्राप्त गरेका छन् ।

४१–४५ केजी समूहमा तानसेनका आर्जित सारुले रजत, बृन्दाबनका शिशिर पचभैयाले काँस्य र रामपुरका शंकर न्यौपानेले काँस्य पदक प्राप्त गरेका छन् । ४६–५० केजि तर्फ वेथलका रमेश नेपालीले रजत, मदरल्याण्डका विवश बुढाले काँस्य, तानसेनका विक्रम सारुले काँस्य पदक जितेका छन् । ५१–५५ केजीमा मालागिरीका तुलबहादुर सारु रजत, वेथलका नरेश गाहाले काँस्य, तानसेनका शौरभ श्रेष्ठले काँस्य पदक प्राप्त गरेका छन् । ५६–६० मा रामपुरका पारस शाहीले रजत, मालागिरीका मिलन रानाले काँस्य र प्रिपरेटोरीका गन्जराम विकले काँस्य पदक हात पारे । ६० केजी देखि माथि समूहमा रामपुरका विवेक नेपाली रजत, आवासीयका सुरज सारु काँस्य र तानसेनका निसप थापाले काँस्य पदक प्राप्त गरेका छन् ।

महिला तर्फ २१–२५ केजीमा आवासीयका लेनिम गाहाले रजत, लिजा शाही काँस्य र ओसिन कुँवरले काँस्य पदक पाएका छन् । २६–३० केजीमा आवसीयकै कृष्टिना गाहाले रजत, केकी बस्यालले काँस्य र बृन्दावनकी कृति खनालले काँस्य पदक जितेका छन् । ३१–३५ केजीमा वेथलकी सामना केसी रजत, आवासीयकी विपाशा छहारी काँस्य र विजुकी निलिमा कुमालले काँस्य पदक प्राप्त गरेका छन् । ३६–४० केजीमा आवासीयकी स्मृति सारुले रजत, दिया दर्लामीले काँस्य र विजुकी प्रियान्सु न्यौपानेले काँस्य पदक हात पारेका छन् । ४१–४५ केजीमा रामपुरकी वर्षा मल्ल रजत, तानसेनकी स्मृति थापाले काँस्य र रितु मस्याङ्गीले काँस्य पदक जितेका छन् । ४६–५० केजीमा आवासीयकी मोनिका राना रजत, बृन्दाबनकी प्रिति राई काँस्य र सन्जु गाहाले काँस्य पदक हात पारेका छन् । ५१–५५ केजीमा तानसेनकी रोशनी थापा रजत, आवासीयकी रुस्मा बगाले काँस्य र बृन्दावनकी निर बज्राचार्यले काँस्य पदक जितेका छन् । ५६–६० मा रामपुरकी अनिता श्रेष्ठ रजत, आवासीयकी अंशु लामा काँस्य र प्रिपेरेटोरीकी रोमा थापाले काँस्य पदक जितेका छन् ।

महिला प्याटन तर्फ पहेलो पेटीमा निर बज्राचार्य, हरियोमा एलिसा थापा, निलोमा प्रविना बैजाली, रातोमा रोशनी थापा, कालो पेटीमा मोनिका रानाले रजत पदक जितेका छन् । पुरुष तर्फ पहेलो पेटीमा महेन्द्र बुढा, हरियोमा विशाल राना, निलोमा अर्जन गाहा, रातोमा एनिज गुरुङ, कालोमा विक्रम सारुले रजत पदक जिते । प्रतियोगितामा पुरुष जुनियर तर्फ तानसेन दोजाङका एन्जल रेग्मी र महिला तर्फ समिक्षा गाहा उत्कृष्ठ खेलाडी घोषित भएका छन् । त्यस्तै पुरुष सिनियरमा रामपुरका जिज्ञासु राना र महिला तर्फ ममता गाहा उत्कृष्ट भएका छन् ।

विजयी खेलाडिलाई प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य नारायण आचार्यले पुरस्कार वितरण गरे । प्रतियोगिता समापन समारोहमा पत्रकार महासंघ पाल्पाका उपसभापति भरत शर्माले पाल्पा आइटिएफले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगितामा सफलता पाएर जिल्लाकै शिर उचो राखेकोमा धन्यबाद दिएका थिए । नेपाल आई, टि एफका केन्द्रिय सदस्य घम बहादुर थापाले आइटिएफ तेक्वाण्डोका बारेमा जानकारी दिएका थिए । बिष्णु नेपालीको स्वागत , पाल्पा आइटिएफका सचिब नगेन्द्र मल्लको संचालन र पाल्पा जिल्ला आइटीएफ तेक्वाण्डो संघका अध्यक्ष तथा अन्तराष्ट्रिय प्रशिक्षक नीरबहादुर सारुको अध्यक्षतामा कार्यक्रम भएको थियो । प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग गर्ने आईटिएफ, तेक्वाण्डोका चौथो डान तथा अन्र्तराष्ट्रिय प्रशिक्षक सुरज थापा मगर, आले डेन्टल हस्पिटल प्रालि, रामपुर डोजाङका प्रमुख बिपिन सोनाम, मदरल्याण्ड डोजाङकी प्रमुख सन्जुकार्की, होटल केटिएम इन लगाएतले सहयोग गरेको प्रतियोगिता आयोजक पाल्पा आई.टि.एफले जनाएको छ । copy from leaknepal.com

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।