जाडो समयमा कुमारी बैंक रिडीले बाड्यो जेष्ठ नागरिकलाई ब्लाङकेट

0
101

चुरामणी तिमिल्सिना । रुरु धाम (गुल्मी)
कुमारी बैक रिडी शाखाले शनिवार एक समारोहको बिच रुद्रबेनी राम मन्दिर सन्यास आश्रममा ५० जना वृद्ध वृद्धा तथा साधु सन्तहरुलाई ब्लाङकेट बितरण गरेको छ ।

कुमारी बैक रिडी शाखाका प्रबन्धक भिष्म ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ समाजसेवी पदम प्रसाद पाण्डे प्रमुख अतिथीको रुपमा रहेका थिए । बैकका कर्मचारी रमेश पाण्डेको स्वागतबाट सुरु भएको कार्यक्रममा सत्यवती गाउँपलिकाका तर्फबाट डा. शिला ढकाल, मन्दिरका तर्फबाट बासुदेब पाण्डे बलाराम पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पाण्डेले सामाजिक क्षेत्रमा कुमारी बैकको अतुलनीय योगदान रहेको र बित्तिय क्षेत्रमा समेत अग्रणी भुमिका खेलेको बताए । उनले उक्त मन्दिरमा गत बैशाख १ गतेबाट दैनिक भन्डाराको सुरुवात समेत आफुले गरेको जानकारी गराए ।

कार्यक्रमका अध्यक्ष ज्ञवालीले बैंकले आर्थिक कारोवार सहित सामाजिक , धार्मिक बित्तिय साक्षरता,बाढी पहिरो खेलकुद सरसफाई जस्ता कार्यक्रम गर्दै आएको बताए । साथै सो अवसरमा उनले आउँदो चैत २१ गते बैंकको बार्षिकोत्सवका अवसरमा भण्डारा संचालनका लागि रु ७ हजार हस्तान्तरण गरे । मन्दिरका प्रमुख गुरु नारायणनन्द सर्सतीले बैंकलाइ धन्यवाद दिए । साथै मन्दिरमा सुचना समाचार धार्मिक कार्यक्रम सुन्न््का लागि रुरु एफएमले एउटा रेडियो सेट समेत प्रदान गरेको छ । उक्त मन्दिरमा हाल ५० जनाले दैनिक एकै ठाउमा भण्डारमा भोजन गर्दै आएका छन् । बास बस्नको लागि बिभिन्न क्षेत्रको सहयोगबाट आधुनिक भवन समेत बनेका छन् ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।