अलविदा जिसस प्रमुख दयाराज बस्याल

0
726

पाल्पा । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको विहीबार उपचारको क्रममा असामयिक निधन भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य समेत रहेका अग्रज बामपन्थी नेता बस्यालको काठमाण्डौंमा उपचारको क्रममा निधन भएको हो ।

उनको बिहीवार दिउँसो मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टर काठमाडौँमा उपचारको क्रममा निधन भएको हो । युनाइटेड मिशन अस्पतालमा उपचार गराइरहेका बस्यालको फोक्सोमा पानी भरिएको देखिएपछि काठमाडौँ लगिएको परिवारले जनाएको छ । बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्यामा थिए ।

२००९ सालमा बगनासकाली ६ यम्घा थामडाँडामा जन्मिएका बस्यालले पाल्पाको कम्युनिष्ट पार्टीको संगठन बिस्तार, शिक्षक आन्दोलन, सामाजिक जागरणको अभियानमा सशक्त भूमिका निर्वाह गरेका थिए । एमए विएड सम्मको अध्ययन बस्यालले लामो समय शिक्षण सेवा, दर्लमडाँडा माध्यविक विद्यालयको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रुपमा काम गरे । उनले बहुचर्चित बाटो तानसेन चिलाङदी राम्दी सडकको अध्यक्ष भएर सामाजिक क्षेत्रको समेत अगुवाई गरेका थिए । नेकपा एमाले पाल्पाको पार्टी प्रमुख, किसान संघको केन्द्रीय सदस्य भएर जनसेवामा संलग्न रहेका बस्याल इमान्दार र निष्ठावान नेताको छवि बनाएका थिए ।

बस्यालको शव बिहीवार रातीसम्म तानसेन ल्याउने, भोली विहान निवास र त्यसपछि जिल्ला समन्वय समितिको प्राङ्गडमा अन्तिम श्रद्धान्जलीका लागि राखिने पारिवारिक स्रोतले जनाएको छ । बस्यालका २ छोरा र २ छोरी रहेका छन् । बस्यालको निधनको खवरपछि सामाजिक सञ्जालमा उनीप्रति धेरैले श्रद्धाञ्जली ब्यक्त गरेका छन् । यस्तै नेपाल कम्यूनिष्ट पार्टी र राष्टिय जनमोर्चा पाल्पाले समेत एक शोध बक्तव्य निकालेर श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।