पाल्पामै मिठो आलु उत्पादन हुने ठाउँ लग्दुवाका किसानलाई आलुखेती तालिम

0
232

पाल्पा । तिनाउँ गाउँपालिका वडा नं. १ लग्दुवाका किसानलाई आलुखेती सम्बन्धी तालिम चलाइएको छ । किसानहरुलाईस्थानीय जातको आलु उत्पादनबारे सहजीकरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश ५ का साँसद तुलाराम घर्तिमगर बसन्तले आलु खेतीबाट मनग्ये आम्दानी लिन सकिने बताए ।

गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले लग्दुवाको स्वादिलो आलु खेती गर्न सुझाव दिए । यहाँको आलु निकै स्वादिलो समेत हुने भएकोले ब्यवसायिक रुपमा आल खेती उनले सुझाव दिए ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष राजेश श्रेष्ठ, वडा सदस्य गंगा पुन, युवा समन्वय समिति तिनाउका अध्यक्ष प्रेम श्रेष्ठ, तिलोतमा माध्यमिक विद्यालय व्यावस्थापन समितिका अध्यक्ष गोविन्द पाण्डे लगायतले निर्वाहमूखी भन्दापनि व्यावसायीक खेती गर्न सुझाव दिए । तालिममा कृषि शाखा प्रमुख हेमन्त शर्मा, प्राविधिक किशोर रावल र पोखरेलले सहजीकरण गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।