लोककल्याणकारी कार्यक्रमलाई प्राथमिकता दिँदै, स्वास्थ्य शिविरबाट १ सय ४५ जनाले सेवा लिए

0
79

पाल्पा । तिनाउँ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सोही गाउँपालिकाको वडा नं. २ बुढासटकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपाल जेशुइट सोसाइटी बगनासकाली १ घोरबन्दाको औषधी सहयोग तथा व्यबस्थापनमा एक दिने निशुल्क शिविर सम्पन्न भएको हो ।

शिविरको उद्घाटन गर्दै तिनाउँ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ति मगरले आधारभुत स्वास्थ्थ अत्यावस्यक रहेको भन्दै आगामी दिनहरुमा पनि यस्ता शिविरहरुको आयोजना गरिने बताए । शिविरबाट वडा नं. २ का १४५ जनाले सेवा लिएका छन् । शिविरमा नाक, कान, घाटी, टाउको, छाला, लगायत अन्य औषधि उपचारमा सेवा दिइएको थियो । उक्त निशुल्क शिविरबाट बुढासटकका स्थानियहरु लाभवान्वीत भएको भन्दै खुसी व्यक्त गरेका छन् । पाल्पापाटीबाट

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।