बगनासकाली पूर्ण संस्थागत सुत्केरी गराउनेमा प्रदेशमै तेस्रो भयो

0
149

पाल्पा । बगनासकाली गाँउपालिकालाई पुर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ । बुधवार गाउँपालिकामा आयोजित एक औपचारिक कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मिरा मरासिनिले गाउँपालिकाका अध्यक्ष कृष्ण बस्याललाई पुर्ण संंस्थागत सुत्केरी गाउँपालिकाको प्रमाणपत्र प्रदान गरिन् ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी मरासिनीले घोषणापछिको निरन्तरताका लागि आग्रह गरिन् । सम्पूर्ण सूचकहरु पुरा गरि गाउँपालिकाका ९ वटै वडालाई पुर्ण संंस्थागत सुत्केरी घोषणा गरेपछि समग्र गाउँपालिकालाई पुर्ण संंस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको गाँउपालिकाका उपाध्यक्ष सरस्वती चिदी दर्लामीले बताइन् ।


कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बिश्वनाथ न्यौपानेले नियमित गर्भ परीक्षण र स्वास्थ्य संस्थामै सुत्केरी भएको आधारमा गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको बताए । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले स्वास्थ्य शाखाले गरेका कार्य प्रगतीको जानकारी दिदै गत बर्ष गाउँपालिकाका ३७१ जना सुत्केरीले नियमित स्वास्थ्य परिक्षण गर्दै स्वास्थ्य संस्थामै सुत्केरी भएको जानकारी गराए । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले आमा र शिशु रहनु नै स्वस्थ समाज हुने भएकोले यसप्रकारको कार्यक्रम चलाइएको बताए ।


महिला स्वयम्सेविका पेमा बस्याल, बगनासकाली पत्रकार समूहका सहसंयोजक भोजराज तिमिल्सिना, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल, गाउँपालिका स्तरीय बाल संजालका कोषाध्यक्ष दिनेश पाण्डे, बगनासकाली गाउँपालिका वडा नं. ३ का अध्यक्ष टिका बहादुर थापा, गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारी, नेकपाका बगनासकाली अध्यक्ष हरिप्रसाद पाठक, नेपाली कांग्रेसका बगनासकाली सभापति यमलाल तिमिल्सिना, राप्रपाका कपिल ढुंगाना लगायतले शुभकामना मन्तब्य राखेका थिए । गाउँपालिकाका बालमैत्री फोकल पर्सन मनोज आचार्यको संचालनमा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालको अध्यक्षतामा चलेको थियो ।


कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमका लागि आवश्यक सूचक पूरा गर्न सहयोग गर्ने ब्यक्ति तथा संस्थालाई सम्मान समेत गरिएको थियो । यसअघि पाल्पाका पूर्वखोला र रम्भा पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भइसकेका छन् ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।